पूर्वमा झुल्कियो सुप्रिया र रीमाको जवानी
पूर्वको रमणिय स्थानमा विभिन्न गीतको भिडियोको छायाँकन गरी रेस्क्यू क्रियशनको यूनिट काठमाण्डौ फर्किएको छ ।विभिन्न ५ गीतको भिडियोको छायांकन पूर्वको कोशी ब्यारेज, सुनसरीको श्रीपुर, हरिपुर गाविस धनकुटाको भेडेटार, धरानको बुढासुब्बा, दन्तकाली , इटहरीको बुढीगंगा घाट, मोरङको बेतना सिमसार, हरैचामोड, बिराटचौक, झापाको दमक, तोपगाछीको नर्सरी, सतासीधाम, माइधार र गैडेंमा गरिएको छ । मिलन अमात्य, राजशुक्र लिम्बु, श्याम लिम्बु, साजन राई, सुमी राई लगायतका गायक गायिकाको आवाज रहेको गीतको छायांकन गरिएको हो ।
भिडियोमा सविन श्रेष्ठ, रिमा विश्वकर्मा, सुप्रिया कटवाल, सविन तुम्बाहाम्फे, सरिना तामाङ र स्थानीय मोडल साजिद आलम का अलावा जंगल्ाी म्यानमा रुपमा दमकका भवानी अधिकारीले अभिनय गरेका छन् ।
हरि हुमागाइँको छायाँकन रहेका सवै गीतको म्यूजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् । १५ जनाको जम्बो टोलीको साथमा ८ दिन लगाएर। ६ गीतको म्यूजिक भिडियोको छायांकन गरिएको हो । यी सबै भिडियोहरुको पि्रमियर माघमा दमकमा गरिने निर्देशक अधिकारीले बताएका छन् ।

0 comments
Write Down Your Responses