विश्वकपमा छानिएको नेपाली टोलीको भव्य स्वागत (फोटो फिचर र भिडियोसहित)
ट्वान्टी-२० विश्वकपका लागि छनोट भएको नेपाली क्रिकेट टोली आइतबार घर फर्कँदा भव्य स्वागत भएको छ । नेपाली टोलीको स्वागतका लागि समर्थकहरु नेपालको राष्ट्रिय झण्डासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
<iframe width="640" height="360" src="//www.youtube.com/embed/kBB_HB3JyWk?feature=player_embedded" frameborder="0" allowfullscreen></iframe>
साँझ अबेर विमानस्थलमा ओर्लिएको नेपाली टोलीलाई चुनावी सरकारका कृषिमन्त्री टेकबहादुर घर्ती, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा र क्यानका अध्यक्ष टंक आङबुहाङसहितको सरकारी टोलीले स्वागत गरेको थियो ।
समर्थकहरु हातमा राष्ट्रिय झण्डा बोकेर बसेका थिए भने छक्का, चौका हानिन्छ, विश्वकप खेलिन्छ जस्ता नारा लगाएका थिए । उनीहरुले क्रिकेट खेलाडीलाई नेशनल हिरोको संज्ञा दिएका थिए । उनीहरुले कप्तान पारस, शरद भेसवाकरसहितका खेलाडीको नाम लिएनन्, प्रशिक्षक पुवुद्धु दशानायकको पनि प्रशंसा गरे ।
भव्य स्वागतपछि नेपाली टोलीका कप्तान पारस खड्का सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिन भने पाएनन् । पारसले प्रतिक्रिया दिन खोजेपछि प्रहरीले सिधै गाडीमा लगेर बसालेको थियो ।
क्रिकेट एसोसिएनले मंगलबार नेपाली टोलीलाई सम्मान गर्नुका साथै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग डिनर गराउने कार्यक्रम छ । क्रिकेट टोलीको सम्मानमा बुधबार नगर परिक्रमा गरिनेछ ।
भिडियो<iframe width="640" height="360" src="//www.youtube.com/embed/kBB_HB3JyWk?feature=player_embedded" frameborder="0" allowfullscreen></iframe>
0 comments
Write Down Your Responses