नापी कार्यालयका कर्मचारी अतिरिक्त रकम असुल्दै

नापी कार्यालय जनकपुरका कर्मचारीले कामको नाममा सेवा ग्राहीसंग अतिरिक्त रकम लिने गरेको रहस्य खुलेको छ । नक्साको प्रतिलिपी लिन जांदा वा नक्सा कटाउन जांदा फाँटबाला कर्मचारुहरुले १० रुपैया देखि १ हजार रुपैयाँसम्म घुस लिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन । फाँटबाला कर्मचारीले सेवाग्राहीको काम हेरेर गोप्य तथा खुलेआम रुपमा घुस माग्ने गरेको र दिन नमान्नेलाई विभिन्न समस्या देखाएर लामो समयसम्म कार्यालय धाउन बाध्य पार्ने गरेको देखिएको छ ।

सोमबार नापी कार्यालयमा नक्साको प्रतिलिपी लिन पुगेका धनुषा भूचक्रपुर गाविस बार्ड नम्वर ५ का विन्देश्वर ठाकुरले नक्साको प्रतिलिपी लिन कर्मचारीले १० रुपैया घुस लिएको बताए । घुस नदिएसम्म प्रतिलिपि दिन मानेनन् उनले भने कम्तिमा २ सय रुपैया दिनुस भनेर भन्दै थियो तर पैसा छैन भनेर बहाना गरेपनि अन्तमा १० रुपैया पनि लिएर नै छाड्यो । दुई वटा नक्साको प्रतिलिपी निकाल्न २ सय ३० रुपैयाको रसिद काटेर दिएको तर आफु सँग २ सय ४० रुपैया लिएको ठाकुरले बताए  ।
यता रसिद काट्ने कार्यालयका प्रविधिक सहायक गंगा साहले आफूले चिया खान १० रुपैयाँ बढी लिएको स्वीकार गर्दै अतिरिक्त रकम दिन भने बल प्रयोग नगरेको प्रतिक्रिया दिए । यता कार्यलयका प्रमुख सत्रुधन यादवले आफ्नो कार्यालयमा कुनै पनि कर्मचारीले घुस नलिने गरेको दावी गरे ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.