आयशर ट्रेक्टरले निर्यात उत्सव मनायो

जनकपुृरमा पहिलो पटक आयशर टेक्टर निर्यात उत्सव मनाइएको छ । जनकपुर अंचलमा ३ सय टेक्टर विक्री भइसकेपछि मनाउने भनिएको उत्सव सोमवार मनाइएको हो । हवि अटो टेडिंग र ग्लोबल अटो टेडिंगको सहयोगमा मनाइएको उत्सवमा ७ जना कृषकहरुले टेक्टर खरिद गरेका छन् ।
कार्यक्रममा अयशर इन्डियाका सहायक प्रबन्ध निर्देशक प्रितम मोहपात्राले नेपालमा करिव २० वर्ष देखि अयशर टेक्टरको विक्री भइरहेको बताए । लामो समय देखि  नेपालमा व्यापरमा थालेको अयशरले जनकपुरमा मात्रै ३ सय ५० भन्दा बढी टेक्टर विक्री गरिसकेको जानकारी गराए ।
कम तेलको खपत हुने तथा पाटपुर्जा पनि मजबुत र सबै ठाउमा सजिलै उपलब्ध हुने भएकाले टेक्टरको विक्री बढीरहेको भने । कार्यक्रममा टेक्टर धनीहरुलाई लक्की ड मार्फत पुरस्कार वितरण पनि गरिएको छ । सबै टेक्टर धनीलाई पुरस्कार वितरण गरिएको हो । प्रथम पुरस्कार १ जनालाई, दोश्रो पुरस्कार १ जनालाई, तेश्रो पुरस्कार १ जनालाई र सानत्वना पुरस्कार अन्य सवै जना वितरण गरिएको ग्लोबल अटो टेडिंगका संचालक अजय यादवले जानकारी दिए ।
जनकपुरका दिनेश साहले प्रथम पुरस्कार २१ इन्चको रंगीन टिभी हात पारेको छ । त्यस्तै दोश्रो पुरस्कार हिटर खुट्टापिपराढीका रामसागर यादवलाई परेको छ । तेश्रो पुरस्कार राईसकुकर रघुनाथपुरका बेचन राउतले हात परो भने अन्य सबै ट्रेक्टर धनीहरुलाई सान्तवना पुरस्कार देवाल घडी वितरण गरिएको छ ।
कार्यक्रममा मेगा बैंकका प्रबन्धक गेलेक यादव, किसान नेता कारी यादव, हवि अटोका रवि मानन्धर र टेक्टरका प्राविधिक सुरज शर्माले मन्तव्य राखेका थिए ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.