थ्री स्टार र मनाङ विजयी
नाम चलेका क्लबहरू लक्ष्मी बैंक थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले मंगलबारको एनसेल कपमा गाह्रो विजय निकालेका छन्।
मनाङले ब्वाइज युनियन क्लबलाई अनिल गुरुङको एक उत्कृष्ट गोलमा पराजित गर्यो भने थ्री स्टार क्लबलाई एपीएफ क्लबविरुद्ध २–१ को जित निकाल्न प्रकाश बुढाथोकीले कमालको प्रदर्शन गरे।
प्रकाशले शुरु र खेलको अन्त्यमा गरी दुवै गोल गरेका हुन्। खेलको २१औं मिनेटमा बुढाथोकीले एपीएफको रक्षापंक्तिको फाइदा उठाउँदै खेलको खाता खोले। तर त्यो अग्रतालाई एपीएफका रञ्जन विष्टले २ मिनेट बढी टिक्न दिएनन्। उनले हानेको तेजिलो शटलाई थ्री स्टारका गोलकिपर एलेन न्यौपानेले रोक्न सकेनन्। किरण चेम्जोङबिना नै थ्री स्टार मैदानमा आएको थियो। त्यसपछिको खेल प्रतिस्पर्धात्मक बाटोमा अगाडि बढेको थियो। यसमा एउटा मौका एपीएफका स्ट्राइकर गणेश लावतीले सदुपयोग गरेनन्। यस्तै थ्री स्टारका जगजित श्रेष्ठले ४०औं मिनेटमा गरेको क्रसमा निराजन खड्काले गरेको डाइभिङ हेड पनि सफल हुन सकेन। उनी ६० मिनेटमा मैदानमा बाहिरिए। थ्री स्टारका सन्तोष शाहुखल पनि दोस्रो हाफमा विजय गुरुङको स्थानमा मैदानमा छिरेका थिए। दोस्रो हाफमा एपीएफका विशाल श्रेष्ठ दोहोरो पहेंलो कार्डका कारण मैदान छोड्दा एपीएफको शक्ति घटेको थियो। उनले त्यति बेला विराज महर्जनलाई फाउल गरेका थिए। खेलको निर्णायक गोल प्रकाश बुढाथोकीले ७० मिनेटमा गरेका हुन्। उनले हानेको प्रहार एपीएफका किपरले रोक्न सकेनन्।
यता मनाङले अनिलको चाँडो गोलपछि अर्को गोल थप्न सकेनन्। अनिलले गरेको सो भलि गोल निकै सुन्दर थियो। मनाङ प्रशिक्षक हेमन्त आलेले टोली आफ्नो लयमा आउन बाँकी नै रहेको बताए। उनले भने– ‘हामी डिफेन्डिङ च्याम्पियन हौं र यो प्रतियोगिताका लागि तयार छौं। आजको खेल मात्र हामीले सोचे जस्तै खेल्न नसकेका हौं।’

0 comments
Write Down Your Responses