विभिन्न दुर्घटनामा तीन जनाको मृत्यु

इलामका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका-३ स्थित पदम तामाङको घरमा रङ लगाउँदै गर्दा विद्युत्को पोलमा ठोक्किएर इलाम नगरपालिका-६ तिल्केनीका टीका खवासको मृत्यु भएको छ । रङ लगाउँदै गर्दा विद्युत्को पोलमा ठोक्किएर भुइँमा लडेर घाइते भएका खवासको उपचारका क्रममा गएराति जिल्ला अस्पताल इलाममा मृत्यु भएको हो ।
यस्तै कन्याम-४ निवासी ८४ वर्षका टेकबहादुर भुजेलको आफ्नै घरबाट शौच गर्न बाहिर निस्कँदा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । लडेर घाइते भएका भुजेलको उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
त्यसैगरी मंसिर १५ गते आफ्नै घरबाट हराएका इलाम शान्तिपुर-५ शिरिसे निवासी ४५ वर्षका भोजबहादुर मिजार मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
हराएको दिनदेखि खोजी गर्दा उनलाई प्रहरी र स्थानीयको टोलीले लक्ष्मीपुर-६ स्थित तल्लो आरुबोटे भन्ने जङ्गलमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक कवीन्द्रकुमार कार्कीले बताउनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको बताइएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.