पुस तेस्रो सप्ताहदेखि रेल्वे विस्तार कार्य प्रारम्भ हुने

१७ मंसिर ।

निर्माण औजार (इक्वीपमेन्ट) समयमै नेपाल ल्याइए पुस महिनाको तेश्रो सातादेखि रेल्वे विस्तार कार्य प्रारम्भ हुने भएको छ ।
सीमासित जोडिएको धनुषाको इनर्वा गाविसबाट रेल्वे विस्तार कार्य सुरु हुने बताइएको छ ।
सुरुमा माटो पुर्ने र पुल निर्माण कार्य गरिने छ ।  भारतीय ठेकेदारहरुले नेपालमा विस्तार कार्य गर्न रुची नदेखाएपछि एक वर्षदेखि काम ठप्प परेको छ ।
गत असोज महिनामा एक भारतीय निर्माण कम्पनीले ठेक्का लिएपछि काम सुरु हुने सम्भावना बढेको छ ।
यसअघि भारतीय निर्माण कम्पनीले ठेक्का लिन नरुचाएपछि पटक पटक टेण्डर गर्नुपरेको थियो ।

दुई पटकको सर्वे पूरा भइसकेको छ भने मुआवजा वितरण कार्य पनि धनुषामा ९० प्रतिशत पूरा भइसकेको जनकपुर–जयनगर बर्दिबास व्रँेडगेज रेल्वे निर्माण साईट जनकपुरका प्रमुख टेक राज बोहराले जनाए ।
काम सुरु हुन नसकेको कारण मुआवजा कार्य पूरा हुन नसकेको बताउदै उनले काम सुरु हुने लगत्तै मुआवजा कार्य पूरा गरिने बताए ।
बोहराका अनुसार सरकारले भारतीय ठेकेदारलाई इक्विपमेन्ट (निर्माण औजार) ल्याउन भन्सार छुट गराउन सहयोग गरे पुस तेश्रो सातादेखि काम सुरु हुन्छ ।
ठेक्काको काम पूरा भइसकेको र निर्माण कार्यमा प्रयोग गरिने मेशिनरी सामान, सवारी नेपाल ल्याउन भन्सार छुटको लागि अर्थमन्त्रालयमा पत्र पठाइएको छ ।
भन्सार छुट पत्र प्राप्त भएको केही दिन भित्रै सामानहरु ल्याएर काम थाल्ने तयारी रहेको भारतीय ठेकेदारलाई उदृद्ध गर्दै प्रमुख बोहराले भने ।

भन्सार छुटको काम समयमै भयो भने आउ“दो पुस महिनाको तेश्रो सातादेखि काम सुरु हुन्छ–उनले भने । एक महिना अघि मात्र एक भारतीय कन्सट्रक्सन कम्पनीले रेल्वे विस्तार काम ठेक्का लिएको छ ।
ठेक्का लिएको निर्माण कम्पनीले दुई वर्ष भित्रमा काम पूरा गर्नुपर्ने सम्झौता भएको छ ।
भारतको सहयोगमा जनकपुर–बर्दिबास रेल विस्तार गर्न लागिएको हो ।
रेल्वे विस्तारको लागि सर्वे भएको दुई वर्ष बढी भइसक्दा पनि काम सुरु हुन सकेको थिएन । जग्गा अधिग्रहणको मुआवजा नेपाल सरकारले उपलब्ध गराएको छ भने रेल्वे लीक ओछ्याउन, पुल निर्माण गर्न, माटो पुर्न, इन्जिन, बोगी लगायतका सामाग्री भारत सरकारले उपलब्ध गराउने छ ।

भारत सरकारले रेल्वे विस्तारको लागि टेन्डर आह्वान गरी ठेकेदार छनोट गरेको छ ।
सन् २०१० फ्रेवरीमा नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार रेल्वे निर्माण्ँ कार्य ढिलोमा तीन वर्Èमा सम्पन्न गर्नु पर्ने थियो ।
धनुषामा मुआब्जा वितरणको कार्य ९० प्रतिशत भईसकेको छ भने महोत्तरीमा ६० प्रतिशत भएको छ । ठेकेदार छनोट नभएकाले भारत सरकारले वर्षायाम सम्पन्न पछि मात्र निर्माण कार्य सुरु गर्ने संकेत देखिएको बोहराले बताए ।

भारतले जयनगरबाट जनकपुर हुूदै बदिर्बाससम्म ६९ किल्लो मिटर व्रोड गेज रेल्वे निर्माण गर्न लागेको छ । जयनगरदेखि महोत्तरीको बर्दिबास सम्म ५१ किलोमिट रेल्वे विस्तार गर्ने योजना छ ।
भारतसित टा“सिएको मुख्य नाकामध्ये एक जयनगरबाट रेलमार्ग मार्पmत राजधानीसहित विभिन्न शहरहरुमा सामानहरु आयात निर्यात गर्न सक्ने छ ।
न्युन ढुवानी खर्चमा बढी मालसामान आयात निर्यात गर्न सके सामानको मुल्य नियन्त्रणमा रह्ने अनुमान गरिएकोछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.