क्लिक इलेक्सन

मंसिर १७ - पीपलडाँडा, पाल्पाका युवा मतदाता जगन्नाथ तिमिल्सिनाका लागि यसपटकको संविधानसभा निर्वाचन अघिल्लोजस्तो असहज भएन। काठमाडौँमा जागिरे र विद्यार्थी उनले चुनावको एक-दुई दिनअघि मात्र छुट्टी पाउँथे। तर, उनको मनभने एक-डेढ महिनाअघि नै गाउँतिर पुगिसकेको हुन्थ्यो। सोसल मिडियालाईधन्यवाद, उनी काठमाडौँमा रहेरै पनि चुनावी माहोलमा मज्जैसँग मिसिए। आफ्नासाथीभाइमाझ 'गु्रुप' संवाद गरेर कसलाई भोट हाल्नेबारे छलफल गरे। उनकोकोठाकै कम्प्युटरले भोट हाल्ने नेताको प्रचारप्रसारमा सघायो पनि।
अघिल्लोपटक निर्वाचन हुँदा फेसबुक नेपालमा भर्खर उदाउँदै थियो, ट्वीटरबारेधेरैले राम्रोसँग बुझेकै थिएनन्। प्रयोगकर्ता नै कम भएपछि त्यसले ठूलोपरविर्तन ल्याउन सक्छ भन्ने सोचिएन। हुन पनि सन् २००८ को अन्त्यतिर भएकोअमेरिकी राष्ट्रपतीय निर्वाचन फेसबुकलाई माध्यम बनाएर गरिएको पहिलो ठूलोअभियान थियो।
यही परिदृश्यमा सोसल मिडिया प्रभावशाली देखिँदै गएको नेपालमा समेत पहिलोत्यस्तै ठूलो प्रयोग भयो यसपालि। उम्मेदवारहरू आफूसँग कम्तीमा एउटा फेसबुकएकाउन्ट भएन भने अरूभन्दा पछि परिने सोचकै कारण पनि फेसबुकमा आए। आफ्नाभित्ते पर्चाकै डिजिटल कपी नै सही, उनीहरूले त्यहाँ पोस्ट गरे। राजनीतिमा युवाबारे अध्ययन गररिहेका विजय पौडेल भन्छन्, "पूर्वाधारका हिसाबले हामी कत्तिको सक्षम छौँ या छैनौँ भन्ने बहसकै विषय भए तापनि यसपटक सोसल मिडियामार्फत राजनीतिज्ञले युवानजिक सक्दो बढी पुग्न खोजेको देखियो।"
चुनावको समयमा सोसल मिडिया हेर्दा लाग्थ्यो, एउटा समानान्तर चुनाव फेसबुक र ट्वीटरमा भइरहेको छ। सूचना राख्ने र प्रचार गर्ने हिसाबले फेसबुक अगाडि देखिए तापनि अन्तरसंवादका हिसाबले ट्वीटर झन्डै ९९ प्रतिशत अगाडि देखियो। भारतको बैङ्लोरमा मुख्यालय रहेको सोसल मिडिया एनालिटिक्स कम्पनी'सिम्प्िलफाई ३६०'ले 'नेपालभोट्स,' 'नेपाल इलेक्सन,' 'सीए इलेक्सन,' 'भोटिङ् डे'जस्ता केही चल्तीका शब्द र तिनका ह्यासट्यागलाई ट्रयाक गर्दैतिनको विश्लेषणको प्रतिवेदन तयार पार्दा यही तथ्य फेला पर्‍यो।
चुनावअघि, चुनावको दिन र चुनावपछि गरेर तीन चरणको त्यस अध्ययनमा ट्वीटर र फेसबुकबाहेक फ्लीकर, गुगल प्लस, ब्लगहरू, समाचार, युट्युबलाई पनि स्रोतका रूपमा हेरिएको थियो, जसमा २ देखि ४ मंसिरभित्रमा नकारात्मक कुराहरू बढी चलेका थिए। 'बम' शब्द सोसल मिडियामा सबैभन्दा चर्चित थियो भने 'माओइस्ट,' 'क्रुड,' 'गन,' 'लस्ट'जस्ता शब्द पनि बढी प्रयोगमा रहे। चुनावपछि सकारात्मकशब्दहरू हावी भए। जस्तो, 'विन्स', नेपाली कांग्रेस, गगन। "यसले नेपाली चुनावअघि कति चिन्तित थिए र चुनावपछि कति राहत महसुस गरे भन्ने संकेत गर्छ," सिम्प्िलफाई ३६० का प्रमुख कार्यकारी भूपेन्द्र खनाल भन्छन्, "हामीले वाक्यमा प्रयोग हुने चल्तीका सकारात्मक/नकारात्मक शब्दहरू, तिनका साथमा आउने स्माइलीका आधारमा सकारात्मक, नकारात्मक र तटस्थ ट्रेन्ड खोजेका थियौँ।"

0 comments

Write Down Your Responses

Powered by Blogger.