सतविज छर्ने दिन आज
वर्षभरि दिवंगत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै पशुपतिक्षेत्रको श्लेषमान्तक वनमा शतबीज छरी आज बालाचतुर्दशी पर्व मनाइँदैछ । शतवीज छर्न हिजो देखिनै पशुुपतिक्षेत्रमा भक्तजनको भीड लागेको छ ।
हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ ।
यसैगरी कैलाश डाँडा, ठूलो महास्नानघर, घ्याम्पो पाटी, वज्रघर, पञ्चदेवल, राममन्दिर, भष्मेश्वर, राजराजेश्वरी, वाग्मतीपारि, नासलचोक, भुवनेश्वरी, वरुणधारा, वनकालीलगायतमा सतविज छर्ने पनि चलन रहेको छ ।
भक्तजन रातिदेखि नै महादीप बाली जाग्राम बसेका थिए । बालाचतुर्दशीमा मृगस्थली वा श्लेष्मान्तक वनमा छरेको शतबीज दिवंगत भएकाहरूका लागि खानेकुरा रोपिएको भन्ने कथन छ । शतबीजबाट उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ ।

0 comments
Write Down Your Responses