अपहरण गरी ७ लाख फिरौति लिने पक्राउ
मंसिर १७ - साढे दुई महिनाअघि बाँके हिरमिनियाका देवेन्द्र शर्मालाई अपहरण गरी फिरौति लिने भूमिगत समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तराई जनतान्त्रिक पार्टी मधेस समूहमा संलग्न भई उनीहरुले चन्दा आतंकमच्चाउने, अपहरण गर्ने र फिरौति असुली गर्दैआएको प्रहरी दाबी छ । पक्राउ पर्नेहरुमा बेतहनीका ३८ बषिर्य ध्रुवकुमार चौधरी (कुर्मी), होलिया-७ का ४८ बषिर्य बेदराम पासी र होलिया-१ का २२ बषिर्य नुरअहमद दर्जी छन् । 'समूहकानाईके सिकन्दर खाँ पक्राउ परेपछि अनुसन्धानका क्रममा उनीहरुको संलग्नताखुलेको हो'- प्रहरी नायव उपरीक्षक प्रेम बस्नेतले भने ।
बाँके हिरमिनिया- ५ स्थित आफ्नै इटाभट्टामा सुतिरहेका शर्मालाई भदौ २४ गतेअपहरण गरी पाँच दिन बन्धक बनाएका थिए । उनीहरुले शर्मालाई पाँच दिन जंगलमाबन्धक बनाएर ७ लाख फिरौती लिएर छाडेका थिए । अभियुक्तहरुलाई प्रहरीले गतशुक्रवार बाँके हिरमिनियाबाट पक्राउ गरिएको डिएसपी बस्नेतले बताए ।अभियुक्तमध्ये कुर्मीले भने आफूहरुसंग रिसिईबी रहेकाले सिकन्दरले फसाएकोदाबी गरेका छन् । प्रहरीले उनीहरुबिरुद्ध मुलुकी ऐन अपहरण तथा शरिर बन्धक लिने महल अन्र्तगत मुद्दा अघि बढाउने जनाएको छ ।
अपहरण गरी ७ लाख फिरौति लिने पक्राउ
0 comments
Write Down Your Responses