क्रिकेट खेलाडीलाई जनही १० लाख दिने सरकारी निर्णय मतदाताप्रति आभार व्यक्त



मंसिर १७ - सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई १० लाख दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को वैठकले नेपालको खेल ईतिहासमै ठूलो सफलता पाएका टोली सदस्यलाई पुरस्कारबापत् रकम प्रदान गर्ने निर्णय गरेको हो ।
वैठकले खेलाडीलाई जनही १० लाख, प्रशिक्षकलाई ५ लाख रुपैयाँ र व्यबस्थापन समूहका सदस्यलाई जनही तीन लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको हो ।
आगामी बर्ष बंगलादेशका हुने ट्वान्टी ट्वान्टी क्रिकेट खेल्नका लागि नेपालपहिले पटक छनौट भएको छ । यूएईमा भएको छनौटमा नेपाल सहभागी १६ देशमध्येतेस्रो भएको थियो ।
विश्वकपमा छनौट भएलगत्तै राष्ट्रिय खेलकुद परिषद्ले सरकारसमक्ष खेलाडिलाई १० लाख नगदसहित सम्मान गर्न सिफारिस गरेको थियो ।
सरकारले निर्वाचन आयोगबाट स्वतन्त्र, पारदर्शी र विश्वसनीय ढंगबाट निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचनमा सहभागी मतदाताप्रति आभार व्यक्त गरेको छ । वैठकले निर्वाचनमा सहयोग पुर्‍याउन केन्द्रीय तहदेखि मतदान केन्द्रसम्म कार्यरत कर्मचारी, पर्यवेक्षकलाई धन्यवाद व्यक्त गरको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.