निगमले शुरू गर्यो काठमाडौं-ताप्लेजुङ उडान
ताप्लेजुङ । विराटनगरबाट साताको एक उडान भर्दै आएको नेपाल वायुसेवा निगमले विहिबारदेखि काठमाडौंबाट पनि उडान शुरु गरेको छ । नेपाल वायु सेवा निगमको निर्णय अनुसार विहिबारबाट सातामा एक उडान काठमाडौबाट शुरु गरेको निगमको ताप्लेजुङस्थित स्टेसन मेनेजर हेमन्त उप्रेतीले ब
ताउनुभयो ।
ताप्लेजुङबासीलाई सुविधा दिन हप्ताको आइतबार ताप्लेजुङ–विराटनगर र विहिबार ताप्लेजुङ–काठमाडौ उडान सञ्चालन गर्ने निर्णय भएको म्यानेजर उप्रेतीको भनाई छ । काठमाडौंका लागि ताप्लेजुङबाट ६ हजार ३ सय रुपैयाँ भाडा तोकिएको छ । विराटनगरको भने तीन हजार ३ सय ७० रुपैयाँ छ । यसअघि एकवर्ष अबरुद्ध भएको हवाई सेवा गत महिनाबाट मात्र सुचारु भएको थियो ।
सुकेटार विमानस्थलको धावनमार्ग सानो र कच्ची भएको भन्दै निजी कम्पनीले ठूला जहाज उडाएका छैनन् । सुकेटार विमानस्थलको धावनमार्ग ९ सय ५० मिटर छ । ताप्लेजुङ काठमाडांै हवाई सेवाका लागि ताप्लेजुङबासीले निजी कम्पन्नीलाई लामो समयदेखि अनुरोध गरेका थिए । ताप्लेजुङ काठमाडौ हवाई सेवा सुरु भएपछि जिल्ला घुम्न आउने पर्यटकको संख्या बढ्ने आश पर्यटन व्यवसायीले गरेका छन् ।

0 comments
Write Down Your Responses