त्रिविले सेमेस्टरको नाउमा शुल्क वृद्धि गर्दै

त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रण्ाँली लागु गरी शुल्कमा भारी वृद्धि गर्ने तयारी गरेको छ ।
वार्षिक शिक्षा प्रण्ली विस्थापन गरी सेमेस्टर प्रण्ाँलीमा लैजाने तयारी गरेलगत्तै त्रिविले शुल्क बढाउन लागेको हो ।
त्रिविअन्तर्गतका आंशिक क्याम्पसमा स्नातक तहको शुल्क मासिक २ देखि ३ सय रुपैया छ । त्यस्तै स्नातकोत्तर तह पढ्नेले ३ देखि ४ सय रुपैया तिर्नुपर्छ । तर, त्रिविले यो वभ्र्ञदेखि स्नातकोत्तर तहका सबै विषय सेमेस्टर प्रण्ाँलीमा लैजाने तयारी गरेको छ ।
त्रिवि शिक्षा संकायका डिन प्रकाशमान श्रेष्ठले सेमेस्टर प्रण्ाँली लागु गर्न लागिएको जानकारी दिदै स्वभाविक रुपमा खर्च बढ्ने बताए । पुरानै शुल्कमा अध्यापन गराउन नसकिने अवस्था आएकाले शुल्क बढाउनु परेको उनको भनाइ छ ।  कति शुल्क बढाउने निणर््ँय भइसकेको छैन । यो विषय छलफलकै क्रममा छ, श्रेष्ठले भने । त्रिविले स्नातकोत्तर तहमा सेमेस्टर प्रण्ाँली लागु गरेका केही विषयमा १ लाख ५० हजारदेखि ५ लाख रुपैयासम्म शुल्क लिदै आएको कारोबारले छापेको छ  ।
वार्षिक परीक्षा प्रण्ाँलीअन्तर्गत त्रिविमा अध्ययनरत विद्यार्थीले स्नातकोत्तर तह अध्ययन गर्दा ८ देखि ५० हजार रुपैयामात्र तिरिरहेका छन् । त्रिवि सेमेस्टर प्रण्ाँलीको शुल्क तथा पुरानो वार्षिक शुल्कलाई आधार मान्दा दोब्बरभन्दा पनि बढी शुल्क बढ्ने अनुमान त्रिवि पदाधिकारीको छ ।
त्रिवि व्यवस्थापन संकायका डिन देवराज अधिकारीले पहिलोपटक सेमेस्टर प्रण्ाँली सुरु गर्दा जनशक्तिसहित सबै नया हुने भएकाले यो प्रण्ाँलीको शिइ६ा केही महगो हुने प्रस्टयाए ।
त्रिविअन्तर्गतका ३८ विभागमध्ये कितिर्पुरमा २७ वटा विभाग छन् । बाूकी विभाग उपत्यका तथा उपत्यकाकाहिरका जिल्लामा छन् । त्रिविका शिक्षाध्यक्ष गुण्ँनीधि न्यौपानेले कितिर्पुरमा रहेका सबै विभागलाई अनिवार्य रुपमा सेमेस्टर प्रण्ाँलीमा लैजाने तयारी भइरहेको जानकारी गराए । त्रिविमा रहेका सबै विभागले यो प्रण्ाँली लागु गर्ने भएका छन्,   उनले भने । कितिर्पुरबाहिर रहेका विषयगत विभागहरुले सेमेस्टर प्रण्ाँलीमा जानेनजाने भन्ने निणर््ँय नभएको उनले जानकारी गराए ।
सेमेस्टर प्रण्ाँलीका लागि आवश्यक पाठ्यपुस्तकलगायतका कामको गृहकार्य आ–आप्mनो डिन कार्यालयले गरिरहेको न्यौपानेले बताए । सेमेस्टर प्रण्ाँलीमा गएपछि परीक्षा ६ महिनाभित्रमा हुनुपर्छ र त्यसको नतिजा १ महिनाभित्रमा निकालिसक्नु पर्छ ।
सेमेस्टर प्रण्ाँलीको नया भर्नासहित कक्षा सञ्चालन जाडो विदापछि हुने त्रिविले बताएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.