विद्यालय बनाउन भारतीय दूतावासको चार करोड सहयोग

मोरङको अमरदह-७ गान्धीआश्रमस्थित जनता माध्यमिक विद्यालयको भवन निर्माणका लागि नेपालस्थित भरतीय राजदूतावासले चार करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
विद्यालयको दुईतले १६ कोठे पक्की भवन निर्माणका लागि दूतावासले उक्त रकम उपलब्ध गराउन लागेको जिल्ला विकास समिति मोरङका इन्जिनियर विनोद ओझाले बताउनुभयो ।
गान्धीआश्रम सेवा गुठीअन्तर्गत रहेको सो विद्यालयको थप भवन निर्माणका लागि रकम उपलब्ध गराउन अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको र एक हप्ताभित्र दूतावाससँग सम्झौता हुने उहाँले बताउनुभयो । जिविसको पहलमा राजदूतावासबाट विद्यालयका लागि सहयोग उपलब्ध हुन लागेको हो ।
उक्त विद्यालयमा अहिले ९ सय भन्दा बढी छात्रछात्रा अध्यनरत छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.