प्रवास
»
निर्देशक दोङको शव ल्याउन मुस्किल
निर्देशक दोङको शव ल्याउन मुस्किल
हृदयघातका कारण केही दिन अघि मलेसियामा निधन भएका तामाङ फिल्म निर्देशक सुदिप दोङको शव खर्च अभावका कारण नेपाल ल्याउन मुश्किल परेको छ ।
नेपालमा शव ल्याउन झण्डै दुइ लाख रुपियाँ आवश्यक पर्ने जनाउँदै आफन्तले सहयोगको लागि अपिल गरेका छन् । २०५७ मा 'मयुङ बुरिङ'बाट कलाकारका रुपमा चलचित्रमा प्रवेश गरेका दोङले आधा दर्जन तामाङ चलचित्र निर्देशन गरेका थिए । उनले निर्देशन गरेको 'ह्युल्ला माया' (मातृभूमिको प्रेम) चलचित्र तामाङ चलचित्र महोत्सवमा सर्वोत्कृष्ट भएको थियो ।
काभ्रे पिन्थलीका दोङको शवलाई नेपाल ल्याउन सहयोगार्थ अमेरिका लगायत विभिन्न मुलुकमा सहयोग संकलन अभियान पनि संचालन भइरहेको तामाङ सोसाइटी अफ अमेरिकाका ङिमा पाख्रिन तामाङले जनाए । सहयोग अमेरिकामा सानु तामाङ तथा मिरा तामाङलाई र मलेसियामा दोङका भिनाजु धनवहादुर तामाङलाई सिधै हस्तान्तरण गर्न सकिने पाख्रिनले जनाएको छ ।

Labels:
प्रवास
0 comments
Write Down Your Responses