»
दिनदहाडै नगद लुटियो
दिनदहाडै नगद लुटियो
दिनदहाडै नगद लुटियो

कमलेश मण्डल
जलेश्वर, २ पुस ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार एक जनाको २० हजार नगद सहित अन्य सामग्री लुटिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक जलेश्वरबाट नगद लिई घर जार्दै गरेका जिल्लाको अलिपट्टी बस्ने सिहलतादेवी कापरको २० हजार नगद सहित अन्य सामग्री लुटिएको छ ।
राबाबैंक जलेश्वरबाट सोमबार पैसा लिई जादै गर्दा वुद्धिजीवी चोकमा उनको नगद लुटिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका एकजनाले साडीमा फोहर लागेको छ भन्दा उनले नजिकै रहेको पोखरीमा झोला राखेर धुन लाग्दा सो झोला लागेर ति व्यक्ति भागेको उनले वताइन ।
उनले मोटोघाटो हुलिया भएको अपरिचित मान्छेले लुटेर भागेको भन्दै त्यसको जानकारी उनले जिल्ला प्रहरी कार्यालयमा समेत गराएकी वताइन ।
उनले झोलामा ओढने सल, भाउचर,नागरिकता,जग्गाधनी प्रमाण पत्र लगायतका कागजपत्र रहेको उनले वताइन ।
Labels:
0 comments
Write Down Your Responses