पुसको आगमनसंगै जाडो बढ्यो
पुसको आगमन संगै धनुषासहित तराईमा जाडो बढेको छ । पुस महिनाको पहिलो बिहान सर्वसाधारण जाडो बढेको महसुस गरेका छन् । सोमबार बिहान जनकपुर नगरसहित जिल्लामा लागेको बाक्लो हुस्सुको प्रभाव आम जनजीवनमा परेको देखियो । जाडोका कारण बिहान ८ बजेसम्म नगर सुनसान थियो भने सडकमा सवारीसाधन पनि फाटफुट रुपमा चलेको देखियो । लामो दूरीका सवारीसाधन गुडेपनि गतिमा ब्रेक लगाउनुपरेको थियो ।
जनकपुरबाट संचालन हुने लामो दूरीका सवारीसाधन सोमबार बिहान निर्धारित समयभन्दा केही ढिलो गरी संचालन भएको बुझिएको छ ।
जनकपुरको मुख्य चोक र सडकमा सोमबार बिहान सर्वसाधारणको उपस्थिति पनि कम देखियो । चियापसलहरुमा केही भीड देखिएपनि बजारमा भने १० बजेपछि पछाडी नै चहलपहल बढेको थियो ।
पुस चढ् लगत्तै जनकपुर लगायत तराइका विभिन्न जिल्लाहरुमा एक्कासी बढेको हुस्सुका कारण जनजीवन प्रभावित भएको छ ।
एकाएक लागेको हुस्सुका कारण जाडो र जाडोका कारण धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा लगायत तराइएका विभिन्न जिल्लाहरुका जनजीवन प्रभावित भएको हो ।
एक्का विहानै देखि लागेको हुस्सुका कारण जनकपुरमा सार्वजनिक सवारी साधनहरु लगायत स्कुल बसहरु पनि चलाउन समस्या भयो । हुस्सुका कारण लामो तथा छोटो दुरीका सवारी साधनहरुलाई पनि अवरोध गरियो ।
एकाएक बढेको जाडो कारण जनकपुरको विभिन्न चोकहरुमा सर्वसाधारणहरुले आगो बालेर ताप्ने गरेका छन । यसैबिच, जनकपुर नगरपालीका कार्यालयले प्रत्येक बर्ष जाडोमा चोकचोकमा दाउराको व्यवस्था गर्दै आएको छ । यसका साथै जनकपुरका विभिन्न क्लबहरुको सक्रियतामा पनि जाडो छल्नका लागि दाउरा र घुंरको पनि व्यवस्था गरिदै आएको छ ।

0 comments
Write Down Your Responses