जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सिटौलाद्वारा २६ लाख हिनामिना

नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष खगेन्द्र सिटौला(सन्तोस)ले संगठनको २६ लाख रूपैयाँ अनियमितता गरेको खुलासा भएको छ । जनसम्पर्क समिति अष्ट्रेलियालको दोश्रो अधिवेशनवाट निर्वाचित अध्यक्ष सिटौलाले संघठनको आर्दश, सिद्धान्त एवं मुल्य र मान्यता अनुरुप संस्थालाई अगाडी बढाउन नसकेको र संस्थाको खातामा रहेको सदस्यता बितरणको रकम मध्ये २६ लाख भन्दा बढी रकम कार्य समितिको जानकारी बिना कोषाध्यक्षको कृते हस्ताक्षर गरी अनियमितता गरेको जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यवहाक अध्यक्ष सुरेश गुरुङले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।khagendra-sitaula
गुरूङले तेस्रो अधिवेसनको लागि निर्वाचन कमिटीले कार्य गरी रहेका बर्तमान परिस्थितिमा सदस्यता नबिकरण र नयाँ सदस्यताका लागि परेको अवेदनमा काम कार्वाहि नसकिँदै सदस्यता शुल्कबाट उठेको रकम बिना कुनै निर्णय अध्यक्ष जस्तो नेतृत्व तहको महत्वपूर्ण पदमा बसि दुरुपयोग गरेकोमा जनसम्पर्क समिति अष्ट्रेलियालको गम्भिर ध्यानाकर्षण भएको वताएका छन् ।
अनियमितता गरेको पत्ता लाग्न वित्तिकै १५ डिसेम्बर २०१३ मा बसेको कार्य समितिको बैठकले सिटौलालार्इ अध्यक्ष पदवाट निलम्बन गरेको थियो ।यस्तै कार्य समितिको बैठकले संस्थाको हिसाव कितावको छानविन तथा जनसम्पर्क समितिका काम कारवाहीहरुलाई नियमित अगाडि बढाउन उपाध्यक्ष सुरेस गुरुङलाई कार्यवाहक अध्यक्ष तोकेको जनसम्पर्क समिति अष्ट्रेलियाले जनाएको छ ।
अष्ट्रेलियाको कानुन अनुसार तत्कालिन अध्यक्ष खगेन्द्र सिटौला संस्थाको आर्थिक हिनामीनामा मुछिएको देखिएकाले संस्थाप्रति पत्रचार, सम्पर्क र थप जानकारीका लागि कार्यवाहक अध्यक्ष सुरेस गुरुङ मार्फत गर्नुहुन बैठकले हार्दिक अनुरोध गरेको छ । साथै संस्थाका कोषाध्यक्ष अर्जुन केसीले अध्यक्षवाट आफ्नो पनि कृते हस्ताक्षर गरी संस्थाको आर्थिक हिनामिना गरेको थाहा पाएपछि छानविन ताथ अनुसन्धानका लागि सजिलो होस् भनि कार्यसमितिमा राजिनामा समेत पेश गर्नु भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.