छिटो, छरितो सेवा देउः प्रहरी महानिरिक्षक अर्याल
२० मंसिर । प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्याललले छिटो छरितो सुरक्षा सेवा, सुविधा प्रदान गर्न आफ्ना मातहतका प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित कार्यालय भवनको बुधवार समुदघाटन गर्दै प्रहरी महानिरिक्षक अर्यालले प्रहरीको आचरण र व्यवहारमा समयानुकुल सुधार गर्दै संगठनको आन्तरिक सुदृढीकरणमा जोड दिनुपर्ने बताए ।
शान्ति सुरक्षाको नाउंमा कसैसंग सम्झौता नगर्ने बताउदै अर्यालले राजनितिको आडमा अपराधिक गतिविधि गर्ने व्यक्तिलाई छिटटै कारवाहीको दायरामा ल्याउने दावी समेत गरे । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उनको कथन थियो । नागरिककले शान्ति सुरक्षाका साथ बांच्न पाउनु नसर्गिक अधिकार हो उनले भने जनताको नैसर्गिक अधिकार स्थापित गराउन नेपाल प्रहरी प्रतिवद्ध भएको लागेको छ, शान्ति सुरक्षाको सवालमा कसैसंग सम्झौता गर्न नसक्ने भने ।
अधिकांश भुमिगत समूहका अगुवाहरु पक्राउ पर्नुलाई सफलताको रुपमा स्वीकार गर्नु पर्नेमा जोड दिदै अर्यालले अगामी दिनमा समेत जनतालाई शान्ति सुरक्षा प्रदान गर्न थप शसक्त भएर प्रस्तुत हुने प्रतिवद्धता जनाए ।
संविधानसभा निर्वाचन निष्पÔ, स्वतन्त्र र भयरहित वातावरण्ँमा सम्पन्न गरी उत्कृष्ट कार्य गर्ने वरिष्ठ प्रहरी उपरिक्षक, प्रहरी निरिक्षक, प्रहरी अधिकृत, जवान र म्यादीको कामलाई प्रशंसा समेत उनले गरे ।
एक अर्को प्रशंगमा बोल्दै अर्यालले जनपुरमा शान्ति सुरक्षा प्रदान गर्नु कानुनी दायित्व मात्र नभई व्यक्तिगत दायित्व समेत रहेको उल्लेख गरे । उच्च तहसम्मको शिक्षा जनकपुरको राराब क्याम्सबाट नै प्राप्त गरेको जनाउदै अर्यालले ठूलो ओहदामा पुगेपनि जनकपुर प्रतिको दायित्व हटेर नजाने बताए । अर्यालले नेपालीका साथै मैथिली भाषामा भाषण गरेका थिए ।
कार्यक्रममा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख विज्ञान राज शर्माले प्रहरी प्रशासन कुनै व्यक्ति विशेषका साथै राजनितिक दलको पछौटे नभएको बताए । उनले प्रहरी भित्र राजनितिक दलको आडमा चल्ने व्यक्ति प्रमाणित भए कानुनी कारवाही गर्न पछि नपर्ने चेतावनी दिए । जनताको सूचनाको आधारमा सेवा दिन आफूहरु तयार रहेको प्रतिवद्धजना जनाए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, जिल्ला शान्ति समितिका अध्यक्ष परमेश्वर साह, नेपाल पत्रकार महासंघ,धनुषाका सभापति रामअशिष यादव, समाजसेवी अमरचन्द्र अनिल लगायतका सहभागीहरुले बोलेका थिए ।
कार्यक्रममा नवनिर्मित भवन निर्माणमा सहयोग पुर्यानुभएका मोडेल क्याम्पसका प्रमुख विरेन्द्र साह, भवन निर्माणका ठेकेदार जयनाथ कुंवरका साथै प्रहरीहरु मछिन्द्र बाबु केसी, मनिराज ढकाल, यामप्रसाद सापकोटालाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रममा अंचल वरिष्ठ प्रहरी उपरिक्षक शिल लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने प्रहरी प्रवक्ता गोविन्द पुरी कार्यक्रम संचालन गरेका थिए ।
प्रहरी नायव उपरिक्षक इन्जिनियर भक्त बहादुर उदय सिंह बमले भवन निर्माण सम्वन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साढे २ तल्ला रहको भवनमा कार्यालय प्रमुख कक्ष १, सिनियर प्रहरी अधिकृत कक्ष २, समिक्षालय २, शाखा कक्षहरु ७, हिरासत कक्ष ४, गार्ड रुम १, सोधपुछ कक्ष १, कानुनी परामर्श कक्ष १, हिरासत व्यवस्थापन कक्ष १ र शौचालयहरु ६ वटा रहेका छन ।
कार्यालय भवन निर्माणका लागि २०६८ साल वैशाख २७ गते सम्झोता भई भवन निर्माण कार्य सुरु गरिएको थियो । भवनको स्वीकृत लागत अनुमान रकम १ करोड ८६ लाख ३८ हजार ९४ रुपैया रहेकोमा १ करोड ५१ लाख ६५ हजार २ सय ५२ ठेक्का सम्झौता भई मार्वलको थप काम समेतको लागि ७ लाख ८९ हजार ६ सय ५९ रुपैया निकासा भई कुल जम्मा १ करोड ५९ लाख ५४ हजार ९ सय १२ रुपैया लागतमा निर्माण कार्य असार मसान्त भित्र सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 comments
Write Down Your Responses