आज तिल्कोत्सव

२० मंसिर ।





जनकपुरमा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत विहिवार(आज) तिलकोत्सव कार्यक्रम मनाउने कार्यक्रम रहेको छ । तिल्कोत्सवमा भगवान रामलाई तिलक लगाउने कार्यक्रम हुनेछ । राम मन्दिरमा महन्थ राम गिरीले राम मन्दिरमो प्राङगनमा दिउंसो १ बजे पछि तिलकोत्सव कार्यक्रम हुने जनाएका छन ।
तिलकोत्सव कार्यक्रममा मिथिला दरवारको प्रतिनिधित्व गर्ने जानकी मन्दिरबाट बाजागाजाका साथ अयोध्या मन्दिरको प्रतिनिधित्व गर्ने राममन्दिरमा १ सय १ वटा डालीमा विभिन्न प्रकारमा फलफूल तथा परिकारका मिष्ठानको पाहुर पठाउने परम्परा रही आएको छ ।
तिलकोत्सव पछि शुक्रवार मटकोर कार्यक्रम गरिनेछ भने शनिवार भव्यता पूर्वक शुभ विवाहको आयोजना गरी विवाहपञ्चमी मनाइनेछ । विवाह पञ्चमीका अवसरमा रंगभूमि मैदान वाह्रविघामा स्वयंवरको कार्यक्रम हुनेछ ।

महोत्सव अन्तर्गत बुधवार जानकी मंदिरको प्राङगणमा धनुषयज्ञ सम्पन्न भएको छ ।
यसैबीच विवाह पञ्चमीका कारण जनकपुरमा दर्शनार्थीहरुको चहलपहल पनि तिव्र रुपमा बढेको छ । जानकी मन्दिर र राम मन्दिरलाइ दुलही जस्तै सिङ्गारिएको छ । साथै मन्दिर लगायत वरिपरी मुख्य चोकहरुमा सरसफाइ गरिएको छ ।
यता, आउ“दो शनिबार मनाउन लागेको विवाहपंचमी महोत्वसको अवसरमा जनकपुरको जीर्ण सडकको मर्मत थालिएको छ । भानुचोकदेखि कदम चोक जानेबाटोमा बुधबार सा“झ ग्राभेल राखिएको छ । भानुचोकदेखि कदम चोक जानेबाटोको विभिन्न ठाउ“मा रहेको खाल्डाखुल्डीमा ग्राभेल राखिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.