कुसवाहालाई थुनामा राख्न अदालतको आदेश
क्रान्ति शाह

जिल्ला अदालत पर्साका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलाशले कुसवाहालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेश लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साले कुसवाहालाई वीरगन्ज कारागारमा राखिएको छ ।
कुसवाहालाइ बिशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गत पुस १ गते चितवनको भण्डाराबाट पक्राउ गरेको थियो । तिवारीकै हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि रौतहट प्रेमपुर गोनाहीका अमन कुसवाहालाई पक्राउ गरेको थियो ।
एकीकृत नेकपा माओवादीले भने कुसवाहाको गिरफ्तारीप्रति आपत्ति जनाएको छ । हिन्दु युवा संघका अध्यक्ष काशी तिवारीको हत्यामा कुसवाहाको कुनै संलग्नता नरहेको एमाओवादीको दाबी छ । यसबारे एमाओवादी प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘काशीप्रसाद तिवारी हत्या आरोप लगाइएको भए पनि कमरेड कुसवाहाको न त उक्त घटनामा कुनै संलग्नता छ न कुसवाहाविरुद्ध कुनै उजुरी नै परेको छ । हाम्रो पार्टी कमरेड कुसवाहालाई तुरुन्त रिहा गर्न जोडदार माग गर्दछ ।’
0 comments
Write Down Your Responses