राष्ट्रपतिले दोलखा भीमसेनमा क्षमापूजा खर्च दिए



दोलखाको भीमेश्वर मन्दिरमा पसिना आएपछि राष्ट्रपति डा. रामवरण यादवले क्षमापूजा खर्च पठाउनु भएको छ । भीमसेनको शिलामा पसिना आएपछि पूजारी र स्थानीय पसिना पुछेको कपासलाई महाप्रसादको रुपमा राष्ट्रपतिसक्षम पठाएका थिए ।
आइतबार शीलाको चारैतिरबाट पसिना निस्कदै झर्दै गर्ने क्रम गरेपछि शीलाको फेदमा कपास राखेर विधिपूर्वक पूजापाठ थालिएको थियो । परम्परा अनुसार पसिनाले भिजेको कपासलाई महाप्रसादको रुपमा राष्ट्रप्रमुखलाई सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत पठाइएको थियो ।
राष्ट्रपतिले २ हजार ५ सय पूजाखर्च खामबन्दी गरेर दोलखा प्रशासनका कर्मचारी राजकुमार गौतमको हातमा दिनु भएको छ । राष्ट्रपतिले क्षमापूजाको लागि पठाउनुपर्ने जोर बोका व्यवस्थाका लागि गृहसचिवलाई भन्नु भएको बताइएको छ ।जिल्ला प्रशासनको तर्फबाट भने सोमबार विहानैक्षमापूजा गरिएका थियो ।
राजसंस्था रहेका बेला भीमेश्वर पसिना आएपछि विक्रम सम्बत् १९९० पछि कपास र फुलपाती राजदरबार पठाइने चलन थियो । २०६४ सालमा आएको पसिनाको महाप्रसाद भने तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई पठाइको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.