सीसीआरसी र प्राइम पहिलो

काठमाडौ, मंसिर ३० - एघारौं प्राइम कप बास्केटबलमा शनिबार सीसीआरसी ब्वाइज र आयोजक प्राइम गल्र्सतर्फ पहिलो बनेका छन् ।
ब्वाइजको रोमाञ्चक फाइनलमा सीसीआरसीले टाइम्समाथि ५८-५६ को झीनो अन्तरको जित हासिल गर्‍यो । पहिलो र तेस्रो क्वाटरमा सीसीआरसी १९-११ र १६-११ ले अघि रहे पनि टाइम्सले दोस्रोमा १२-११ र चौथोमा २२-१२ को अग्रता लिएको थियो । विजयी टिमका हिमाल तामाङले १८ तथा टाइम्सका विजय तामाङले २६ स्कोर गरे । सीसीआरसीका किरण पुन 'मस्ट भ्यालुएबल' खेलाडी बने  ।
गल्र्सतर्फ प्राइमले गुरुकुलमाथि ४४-३१ को जित दर्ता गर्‍यो । उसले ८-७, १०-५, १३-९ र १३-१० को अग्रता लिएको थियो । प्राइमकी स्नेहा श्रेष्ठले १७ स्कोर गरिन् । उनी 'मस्ट भ्यालुएबल' खेलाडी पनि बनिन् 

0 comments

Write Down Your Responses

Powered by Blogger.