»
भगुवालाई गोलघर
भगुवालाई गोलघर
गत हप्ता केन्द्रीय कारागारबाट ढलमा छिरेर भागेपछि पक्राउ परेका राजपाल चौधरीलाई गोलघरमा राख्न थालिएको छ । चौधरीलाई भारतीय प्रहरीको सहयोगमा सीमावर्ती नगर रक्सौलमा पक्राउ गरी राजधानी ल्याइएको छ ।
लागु औषध मुद्दामा डेढ वर्ष यता दुई वर्षे जेल सजाय भुक्तान गर्दै आएका सर्लाहीका चौधरीलाई भागेको कसुरमा थप सजायको माग गर्दै थप मुद्दा चलाइने अधिकारीहरु बताएका छन् ।
चौधरी वीरगन्ज-काठमाडौ चल्ने गाडीमा खलासीको काम गर्दर्ै आएका चौधरीलाई काठमाडौ जिल्ला अदालतले दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । कैद अवधि ६ महिना मात्र बाँकी भए पनि उनले जरिवाना रकम तिर्न सकेका थिएनन् । जुन वापत उनले थप चार वर्ष कैद सजाय भोग्नुपर्ने भएपछि उनले भाग्ने योजना बनाएका हुन् ।
सानै उमेरमा आमा गुमाएका र बाबु भारततिरै वेपत्ता भएपछि चौधरीले खलासीको काममा लाग्दालाग्दै लागुऔधष कारोबारीहरुको क्यारियरका रुपमा काम गर्न थालेको थिए । जरिवाना तिर्न कुनै उपाय नलागेपछि भाग्ने निर्णय गरेको उनले प्रहरीसँगको बयानमा बताएका छन् ।
त्यसैगरी भाग्न चाहने अन्य दुई बन्दीको सहयोगमा उनी ढलमा छिरेर आठ घण्टा लगाई त्रिपुरेश्वरपट्टकिो पशु स्वास्थ्य विभागपछाडिको ढलको प्वालबाट निस्केका थिए ।
केन्दि्रय कारागारमा वि सं २०६४ मा यसैगरी एक कैदी भाग्न खोज्दा प्रहरीले थाहा पाएर थुतेको थियो ।
'उनको जस्तो प्रयास अरुले नगरोस् भन्नाका लागि गोलघरमा राखिएको हो,' एक जेल कर्मचारीले भने ।

Labels:
0 comments
Write Down Your Responses