‘राष्ट्रपति हटदैन’


नेपाली काँग्रेसका सभासद डा.अमरेश कुमार सिंहले राष्ट्रपति र उपराष्ट्रपति हटने चर्चा निरर्थक रहेको दाबी गरेकाछन ।‘राष्ट्रपति,उपराष्ट्रपति अहिले हटदैन’उनले भने–संबिधानमा नभएको कुरा कुनै दल र नेताको चाहनाले हुँदैन ।
जनकपुर टुडेसित शनिबार कुरागर्दै उनले भने–राष्ट्रपति हटने निराधार हो ।उनले एकिकृत नेकपा माओवादी लगायतका सबै दल संबिधान सभामा सहभागि हुने जनाए ।‘संबिधान सभामा एमाओवादी लगायतका सबै दल सहभागि हुन्छन’डा.सिंहले भने–समानुपातिक सदस्यहरुको नाम बुझाउन बरु फेरी समय थपिन सक्छ ।
‘एमाओवादी लगायत तराई केन्द्रित दलहरुको अवस्था कमजोर हुनुको कारण चुनावमा धा“धली होइन’उनले भने–विगतमा जनतासित गरेको वाचा पुरा नगर्नु हो ।जनतालाई गुलियो आश्वासन बाडेर झुक्याएको कारण दल भन्दापनि उम्मेदवारहरुको पराजय भएको उनको कथन छ ।
संबिधान सभामा नजाने बताइरहेपनि एमाओवादी सहितको दलहरु मिलेर संबिधान सभामा पनि जाने उल्लेखगर्दै डा.सिंहले भने–उनीहरुले संबिधान निर्माणमा पनि पूर्ण सहयोग गर्नेछन ।
संबिधान सभामा हाल चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पा“चौ स्थानमा झर्ने उनले दाबी गरे ।चुनावमा छुट्टाछुटटै रुपमा सहभागि भएपनि तराइ केन्द्रित दलहरुले चा“डै एउटा मोर्चा बनाउने जिकिर डा.सिंहले गरे ।उनका अनुसार तराई केन्द्रित दलहरुको मोर्चाको सिट राप्रपा नेपाल भन्दा बढी हुने छ ।
पहिलो संबिधान सभामा सरकारले मनोनित गर्ने सिट त्यसै अनुरुप बा“डिने उनको कथन थियो ।राप्रपा नेपाललाई नेपाली का“ग्रेस, नेकपा एमाले, एमाओवादी,तराई केन्द्रित दलहरुले नरुचाएको प्रष्टयाउ“दै सत्ता साझेदारीमा समेत उसको भूमिका गौण रहने डा.सिंहको दाबी छ ।
नेपाली का“ग्रेसकै नेतृत्वमा सरकार बन्ने ठोकुवागर्दै डा.सिंहले प्रधानमन्त्री को बन्ने ?निर्णय हुन अझै बा“की रहेको बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.