तीन सय बीस रोपनी क्षेत्रफलको गाजा नष्ट
गाईघाट (उदयपुर), २ पुस । उदयपुरको मध्यपहाडी क्षेत्रको गाविसहरुमा लगाइएको गाजा नष्ट गर्ने प्रहरीको दोस्रो चरणको अभियान सम्पन्न भएको छ ।

दोस्रो चरणको अभियानमा प्रहरीले जिल्लाको मध्यपहाडी क्षेत्रको तीन वटा गाविसमा ३२० रोपनी क्षेत्रफलमा लगाएको गाँजा नष्ट गर्ने कार्य सम्पन्न भएको हो । मङ्सिर २४ गतेबाट ३० गतेसम्ममा जिल्लाको मध्यपहाडी गाविस, बाँसबोटे, ठानागाउँ तथा लेखगाउँ क्षेत्रमा ३२० रोपनी क्षेत्रफलमा लगाएको गाँजाखेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक अजय भट्टराईले बताउनुभयो । यस्तै बाँसबोटे गाविसमा ५५० केजी र लेखगाउँ गाविसमा २५० केजी तयारी गरेर राखिएको गाँजा नष्ट गरिएको छ ।
दोस्रो चरणको गाँजा फडानी अभियान सम्पन्न गरेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गाँजा फडानी गर्न खटिएको २६ जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली सदरमुकाम कार्यालयमा फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अझै जिल्लाको पहाडी क्षेत्रको धेरै गाविसमा गाँजा फडानी गर्ने कार्य बाँकी रहेको तर प्रहरी परिचालन गर्न खर्चको अभाव भएको कारण दोस्रो चरणको अभियान सम्पन्न गर्न बाध्य भएको प्रमुख भट्टराईले बताउनुभयो ।

0 comments
Write Down Your Responses