विवाहपंचमीको अवसरमा जनकपुरलाई बेहुलीको रुप दिइयो

२० मङ्सिर ।




सीताराम विवाह महोत्सवको उल्लास यहा छाएको छ । श्रद्धा, भक्ति र आस्थाको केन्द्र मानिने यो स्थल विवाहपञ्चमी सन्दर्भमा दुलहीझैं सिङ्गारिएको छ ।
यही मङ्सिर २२ गते हुने सीताराम विवाह महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत विभिन्न मुलुकका श्रद्धालुहरूको चाप पनि यहा बढेको छ ।
जनकपुरमा राजा जनकद्वारा धनुष उठाउनेसग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम राम गुरु विश्वामित्रसग जनकपुर आउनु र माता जानकीसँगको विवाह सेरोफेरोमा केन्द्रित रहेर यहँ विवाह महोत्सव मनाइने गरेको छ ।

रामजानकी विवाह प्रसङ्गलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरुपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता भएको छ ।
मर्यादा पुरुषोत्तम रामको चरित्र लौकिक र अलौकिक रुपमा लोक मानसमा अङ्कित छ । अलौकिक रुपमा रामलाई निर्गुण ब्रम्ह एवम् सगुण विष्णु मानिएको छ । लौकिक परिवेशमा राम आवृत्ति, प्रकृति एवम् परिस्थितीका दृष्टिले आदर्श हुन् । विवाह महोत्सवमा निस्किने झाँकीमा रामका पुत्र, मित्र, शत्रु र राजादीका रुपका चरित्रले आम समुदायलाई आदर्शका प्रेरणा दिने गरेका छन् ।

त्यस्तै सीतालाई शक्तिस्वरुपा मानिएको छ । बुद्धिरुपा, ब्रम्हमयी र योगमायाका रुपमा समेत सीतालाई  मानिएको छ । सीतारामको मिलन वैवाहिक सम्बन्धद्वारा हुन्छ । यो मिलन दुई आत्मा होइन, दुई परम तत्वको मिलन हो जसले सम्पूर्ण सृष्टिको कल्याण गर्नमा विश्वस्त हुनुहुन्छ उपप्राध्यापक परमेश्वर कापडी ।
एउटा आश्चर्यको कुरा के हो भने मिथिलाका ८० प्रतिशतभन्दा अधिक नाममा ” रामको र अथवा सीताको स पाइन्छ । र एवम् स मिथिलावासीको चेतन, अवचेतन र अचेतनसम्म पुगेको दृष्टिगोचर हुन्छ ।
मिथिलामा कुनैपनि धार्मिक, सांस्कृतिक अनुष्ठानमा सीतारामको चर्चा आवश्यक मानिन्छ । त्यसैले पनि मिथिलामा प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताका रुपमा विवाह गर्ने चलन छ । दुलहाका पिता दशरथ, दुलहीका पिता जनक, दुलहाका आमा कौशिल्या र दुलहीका आमालाई सुनयना प्रतीकका रुपमा यसरी गायन गरिन्छः
एकदिन आहे सीता मन्दिर निपय गेली
धनुषा देल ओङगठाय
घर स बहार भेली माय सुनयना
बैस गेली देहरी झमाय ।
त्यसैले पनि रामलाई मर्यादा पुरुषोत्तमका रुपमा आदर्श पुरुष र सीतालाई  आदर्श नारीका रुपमा ग्रहण गरी मिथिलावासी आफ्नो छोरीका विवाहमा यस किसिमका भाव व्यक्त गर्ने गर्छन् ः
बाबा कोन नगर जुवा खेली अएलौं
सिया बेटी हारि अएलौं यौ
अयोध्या नगर जुवा खेली अएलौं
सिया बेटी हारि अएलौं यौ
सीताराम विवाह महोत्सव उल्लिखित प्रसङ्गलाई दृष्टिगत गर्दै यहँ साताव्यापी विविध कार्यक्रमसहित मनाइने चलन छ । विभिन्न कार्यक्रम अन्तर्गत राम–लक्ष्मण बनेका मानव स्वरुपलाई विश्वामित्रसहित नगर दर्शन गराइन्छ । जनकपुरका गल्लीहरूमा जादा घरका धनी, पसले र सखीहरू पानका बिडा खुवाएर स्वागत गर्दछन् । कतै मिठाई पनि खुवाइन्छ भने कतै सुनचँदीका पसलबाट पुष्प भेटी चढाइन्छ ।

त्यस्तै प्रतीकात्मक राम–लक्ष्मणलाई राम मन्दिरको परिसरमा रहेको फूलबारीमा प्रवेश गराइन्छ । फूल टिप्न गएका राम–लक्ष्मणको त्यहा सीतासग भेट हुन्छ । पहिला सखीसग सम्वाद हुन्छ–के हो तपाईंको नाउ, कहा हो गाउ ? रामको प्रतिउत्तर हुन्छ– राम हो मेरो नाउ, अयोध्या हो गाउ । यसरी रोचक सम्वादकै क्रममा रामसीताको देखादेख हुन्छ । एउटा स्नेह, सद्भाव र मिलनको उदय हुन्छ ।

कार्यक्रम अन्तर्गत धनुष भङ्ग पनि विवाह महोत्सव आकर्षण हुने कार्यक्रम हो । जानकी मन्दिरको अलङ्कृत पण्डालबीच निर्मित मञ्चमा प्रतीकात्मक जनकद्वारा घोषणा हुन्छ, विभिन्न देशका राजाहरू धनुष भङ्ग गर्न चाहन्छन् तर सफल हुदैनन् । राजकुमार राम धनुष भङ्ग गरी सीतास्वामी बन्छन् ।
यो महोत्सवले पनि मिथिलाको प्राचीन स्वरुप र त्यसबखतको सांस्कृतिक उत्कर्षका प्रसङ्गहरूलाई प्रष्ट गर्दछ । जसले सम्पूर्ण जीवनशैलीलाई अत्यन्त सहज, अकृत्रिम, स्वाभाविक बनाएको पुष्टि हुन्छ । यसकारण पनि मिथिलावासीद्वारा रामलाई ज्वाँर्इं र भिनाजुका रुपमा श्रद्धा व्यक्त गर्दै प्रतीकात्मक सीताराम विवाहमा यसरी आशिष दिने गर्छन्ः
लुचसखी देख चुमाऔन हे
जनक जीके अङ्गना ।

महोत्सवमा विवाह कार्यक्रम अन्तर्गत बिदाइको क्षण अत्यन्त कारुणिक हुन्छ । महोत्सवमा सहभागी श्रद्धालुहरू प्रतीकात्मक सीतालाई आफ्नो छोरीलाई बिदाइ गरेझैं  भक्कानो छाडेर रुने गर्छन् । सो दृश्यले सबैको हृदय विदीर्ण हुन्छ, र त्यहीबेलामा सखीहरू यी समदाउन गाइरहेकी हुन्छन्ः
 
परम पवित्रभूमि मिथिला नगरियाकी
हमरोके कहाँ लेने जाइछे रे कहरिया
आमा कनैत हेथि भन्साके बेरियाकी
बाबुजी रोबत पुजाबेर रे कहरिया ।


0 comments

Write Down Your Responses

Powered by Blogger.