मारवाही समितिले निःशुल्क भोजनको व्यवस्था गर्ने
२० मंसिर । मिथिलाको महत्वपूर्ण विवाह पञ्चमी महोत्सवको शुभअवसरमा मारवाडी सेवा समिति, जनकपुरले निःशुल्क भोजन तथा स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । विवाह पञ्चमीमा सहभागी हुने लाखौं दर्शनार्थीहरुको सेवा, सुविधाका लागि निःशुल्क भोजन तथा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय भएको समितिका महासचिव निर्मल कुमार सिंघानियाले जनाएका छन ।
विवाह पञ्चमीको शुभअवसरमा मारवाडी सेवा समितिले लामो समय देखि यस्तो कार्यक्रम संचालन गर्दै आएको छ । शविार विहान १० बजेदेखि सुरु हुने निःशुल्क भोजन तथा स्वास्थ्य शिविर कार्यक्रम सांझ ५ बजेसम्म जारी रहने बताइएको छ ।

0 comments
Write Down Your Responses