दाङको घोराहीवाट तीन कम्लरीको उद्धार

दाङमा तीन जना कम्लरीको उद्धार गरिएको छ । बिहीवार देखि थालिएको कम्लरी मुक्त अभियानको पहिलो दिन नै घोराहीका विभिन्न स्थानवाट तीनजना कम्लरीको उद्धार गरिएको हो ।
घोराही दामोदर नजिकै कपडा पसल रहेको पदम श्रेष्ठको घरबाट घोराही ११ रतनपुरकी १५ वर्षीया लक्ष्मी चौधरी, १३ वषिर्या कल्पना चौधरीलाई प्रकाश श्रेष्ठको घरबाट र ज्ञानवहादुर बस्नेतको घरबाट रतनपुरकै ११ वर्षीया विमला चौधरीको उद्धार गरिएको जिल्ला बालकल्याण समितिले जानएको छ । उद्धारपछि तीन कम्लरीलाई अभिभावक इन्द्रमणी चौधरीको जिम्मा लगाइएको समितिले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको निर्देशनमा जिल्ला बालकल्याण समिति दाङको अगुवाई एवम मुक्त कमलरी विकास मञ्चको सहयकार्यमा दाङमा कम्लरी छापा मार्ने कामको थालनी गरिएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.