निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझायो

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनको अन्तिम परिणम राष्ट्रपतिमसक्ष पेश गरेको छ । यससँगै संविधानसभाको बैठक आहृवानको बाटो खुलेको छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहितका आयुक्तहरुले बिहीबार राष्ट्रपतिलाई भेटेर प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित ३० दलका ५ सय ७५ संविधानसभा सदस्यको नामावली पेश गर्नु भएको हो ।
राष्ट्रपतिलाई बुझाइएको नामावली राजपत्रमा समेत प्रकाशन गर्ने निर्णय आयोगले गरेको प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो । राजपत्रमा परिणाम प्रकाशित भएको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक आहृवान गर्ने व्यवस्था छ ।
राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाए सकेपछि प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मुलुकले सुम्पेको जिम्मेवारी आयोगले पूरा गरेको प्रतिक्रिया दिनुभयो । उहाँले संविधानसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न भएको र राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा विश्वसनीय रहेको भन्दै आयोगले आफ्नो काम सम्पन्न गरेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.