उपलब्धिको संरक्षण गर्न सांस्कृतिक सङ्ग्रहालय स्थापना

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा देशका महान्तम उपलब्धिको प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्ने निकायको आवश्यकता महसुस गरी सांस्कृतिक सङ्ग्रहालय नेपालको स्थापना गरिएको छ ।
यस सङ्ग्रहालयको हालै गठित कार्यसमितिका अध्यक्षमा क्षितिजअरुण श्रेष्ठ, उपाध्यक्षहरुमा भैरव शाही र प्रकाश दाहाल, महासचिवमा डा शशीधर खनाल, सचिवमा बलराम श्रेष्ठ, कोषाध्यक्षमा मञ्जु तुलाधरका साथै सदस्यहरुमा मदन चुडाल, सुहान शिवभक्ति र दिलीप कार्की रहनुभएको छ ।
साथै सल्लाहकारमा पुरुषोत्तमशमशेर जबरा (इतिहासकार), प्रो. दिनेशराज पन्त (इतिहासविद्), जलकृष्ण श्रेष्ठ (सङ्ग्रहालयविद्), प्राडा सुरेन्द्र केसी (इतिहासविद्) र दिनेश सत्याल (राजनीतिक विश्लेषक) रहनुभएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.