असन्तुष्टलाई फकाउन थाले एमालेका शीर्ष नेता, खनाल र नेपाल भागबन्डा गर्दै
समानुपातिकतर्फ सभासद् सिफारिसमा नपरेका उम्मेद्वारलाई फकाउन एमाले शीर्ष नेताहरु सक्रिय भएका छन् । सभासद्मा नपरेपछि असन्तुष्ट नेताले मिलेर असन्तुष्टको सामाना गर्न लागेका छन् ।
गोकर्ण रिसोर्टमा ४ दिनसम्म बसेको स्थायी समितिको बैठकले शुक्रबार राति समानुपातिक सभासद्को टुंगो लगाएको थियो । पार्टीले पाउने ८४ सिटमा सभासद्को टुंगो लगाएपछि केही युवा नेताहरुले छनोटप्रति असन्तुष्टि जनाउँदै आएका थिए । निर्वाचन नियमावलीमा बाँधिएर निर्णय गर्नुपेको र सबै क्षेत्रलाई समेट्नु परेकाले पर्नैपर्ने केही नाम सूचीमा राख्न नसकिएको भन्दै असन्तुष्टहरुलाई सम्झाउने गरेको नयाँ पत्रिकामा खबर छ ।
पार्टीको बैठकमा सहमतिमा निर्णय गरे पनि बाहिर आएपछि फरक-फरक धारणा राख्ने गरेका एमाले नेताहरु सभासद्का आकांक्षीलाई थामथुम पार्न भने एकजुट भएका हुन् । स्थायी समितिमा लामो छलफल पछि सर्वसम्मत निर्णय गरेका उनीहरुले आफूनिकटका आकांक्षीलाई बोलाएर सम्झाउने गरेका छन् ।

खनाल र नेपालको भागबन्डा
एमाले अध्यक्ष झलनाथ खनाल संसदीय दलको नेता र वरिष्ठ नेता माधवकुमार नेपाल आगामी महाधिवेशनमा पार्टी अध्यक्ष बन्ने गरी गठबन्धन सुरु भएको छ। एमालेले प्रधानमन्त्री वा राष्ट्रपति जे पाए पनि उक्त पद खनाललाई दिने ‘भद्र सहमति’ सहित नेपाललाई पार्टी अध्यक्ष बन्न खनालले सघाउने मोटामोटी समझदारी भएको उच्च स्रोतले बतायो।
खनाल-नेपाल गठबन्धनमा उपाध्यक्ष वामदेव गौतम पनि सामेल छन्। पार्टी संयुक्त सरकारमा सहभागी भए उनलाई उपप्रधानमन्त्रीसहित पार्टीका तर्फबाट नेतृत्व गराइने भएको छ। स्रोतका अनुसार यही समझदारीका आधारमा समानुपातिक सभासद् चयनमा गठबन्धनले अप्रत्यक्ष काम गरेको हो।
‘पार्टी अध्यक्ष नै संसदीय दलको नेता बन्ने भनेपछि अरू हुने सम्भावना नै हुँदैन’, खनाल निकट एक केन्द्रीय सदस्यले भने। तीन महिनापछि हुने पार्टी महाधिवेशनमा नेपाललाई अध्यक्ष बनाउन खनाल सहमत भएको स्रोतले बतायो। अध्यक्षमा खनालले प्रतिस्पर्धा गर्दा नेता केपी ओलीलाई जित्न कठिन हुने भएकाले नेपाललाई लडाउने गरी समीकरण बनाउन थालिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
यो समीकरणले पूर्ण आकार लिइनसके पनि प्रबल सम्भावना रहेको खनाल निकट युवा नेताले बताए। खनाललाई संसदीय दलको नेता बनाएर अवसर आएमा प्रधानमन्त्री वा राष्ट्रपति पनि बनाउन नेपाल र गौतम तयार भएपछि तीन नेताबीच गठबन्धन अघि बढेको हो।
समीकरणअनुसार गौतम महाधिवेशनमा उपाध्यक्षकै प्रतिस्पर्धी हुनेछन्। ओली पक्षधर नेताहरू भने गठबन्धन सरकारको नेतृत्वमा महासचिव ईश्वर पोखरेललाई पठाउनुपर्ने पक्षमा छन्।
समीकरणअनुसार गौतम महाधिवेशनमा उपाध्यक्षकै प्रतिस्पर्धी हुनेछन्। ओली पक्षधर नेताहरू भने गठबन्धन सरकारको नेतृत्वमा महासचिव ईश्वर पोखरेललाई पठाउनुपर्ने पक्षमा छन्।
0 comments
Write Down Your Responses