रात्रि बस लुटियो, चार घाइते


रात्रि बस लुटियो, चार घाइते

कमलेश मण्डल
जलेश्वर, १ माघ , ३० पुस ।
सशस्त्र लुटेराहरुको समूहले महोत्तरीमा एक यात्रु बसमा लुटपाट गरेको छ । काठमाडौंबाट सिन्धुलितर्फ गइरहेको ना ४ ख १५०१ नम्बरको बसमा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने महोत्तरी र सर्लाहीको सिमामा मंगलवार विहान लुटेराहरुको समूहले चालकलाई नियन्त्रणमा लिई लुटपाट गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक झाले बताउनु भयो ।

लुटेराहरुले बसका यात्रुहरुलाई पेस्तोल र खुकुरी देखाउदै यात्रुहरुबाट ६ तोला सुनका गरगहना, १६ थान मोबाइल र १ लाख ५० हजार रुपैयाँ नगद,२०तोला चादीका गरगहना गरी ५ लाख रुपैया मुल्य बराबरको समान लुटी लगेको प्रहरीले जनाएको छ । काठमाडौंको कलंकीमा चार जना र हेटौडामा ५ जना लुटेरा गरी ९ जना लुटेराहरु सिरहाका मिरचैया जान बसमा चढेका थिए । लुटेराहरुले सर्लाहीको फुलजोर चोक नजिक बसका चालकलाई नियन्त्रणमा लिई बसभित्रै फायर गर्दै  लुटपाट सुरु गरेका थिए । फायरले बसको छतमा प्वाल समेत परेको छ ।

लुटेराहरुले लुटपाट गरेपछि महोत्तरीको माइस्थान २ स्थित विश्वाकर्मा चोकमा योर्ली जंगल तर्फ भागेका थिए । सर्लाही सिमा देखि बर्दिवाससम्मको जंगली क्षेत्रमा सशस्त्र प्रहरीको २ वटा सुरक्षा पोष्ट र नेपाल प्रहरीको २ सुरक्षा पोष्ट रहेको छ ।सर्लाहीको फुलजोर र महोतरीको बाकेमा नेपाल प्रहरी, सागरनाथ बन विकास परियोजनाको जंगल नजिकको लचका र लक्ष्मीनिया चोकमा सश्स्त्र प्रहरीको क्याम्प रहेको छ । फुलजोर देखि विश्वकर्माचोक सम्म २४ किलोमीटर क्षेत्रभित्र  लुटपाट भएको थियो । बसमा ३५ जना सवारी रहेका थिए । आठ जना लुटपाट र एक जनालुटेराले आफै बस चलाएका थिए ।लुटेराहरुले फुलजोर देखि सशस्त्र प्रहरीबल छिन्नमस्तागण माईस्थानसम्ममा बसमा सवार यात्रुलाई कुटपिट गरेका थिए ।उनीहरुले ४० मिनेट सम्म बसमा लुटपाट गरेका थिए ।

लुटेराहरुले बसका चालक सिन्धुली घर भएका हरिकृष्ण कुमार श्रेष्ठसहित चार जनालाई कुटपीट गरेका थिए । घाइते चालक र अन्यको उपचार बर्दिवास स्थित अस्पतालमा भइरहेको छ । प्रहरीले अनुसन्धानका लागि मोटर साईकलसहित एक जनालाई पक्राउ गरेको रअन्य लुटेराहरुको खोजवीन भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक झाले बताउनु भयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.