महोतरीमा महिलामाथि हुने हिंसाका घटना बढ्दो

महोतरीमा महिलामाथि हुने हिंसाका घटना बढ्दो

कमलेश मण्डल   
जलेश्वर, १ माघ ।
पतिले खान लाउन नदिएको भन्दै सोनमा ३ कि २० वर्षिया सिमा खातुनले न्यायका लागि प्रहरीमा उजुरी हालिन । पटक पटक मांनसिक र शारीरिक यातनादिँदै आएका पति मोदसिर मोमिनले आपूmलाई खानलाउन नदिएको भन्दै ३ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेको हो ।
गाउमा पटक पटक पंचायत गरेपनि त्यहँबाट न्याय नपाएपछि बाध्य भएपछि प्रहरीमा उजुरी हालेको सिमाले बताइन । प्रहरीले मोमिनलाई पक्राउ गरि प्रहरी परिसर मै दुवै वीच सहमति गराई घर फर्काएका थिए ।

त्यस्तै खुटापिपरादी ८ की सम्पतिया देवी यादवले बच्चा नजन्माएको आरोप पति पूलकित यादवले लगाँउदै पटक पटक मानसिक यातना दिन थालेपछि पति विरुद्ध उनले प्रहरीमा उजुरी हालिन ।
पतिले आपूm बच्चा नजन्माएको आरोप लगाउँदै अर्को विवाह गरी छुटै बस्दै आएको र आपूmलाई बास्ता समेत नगरेकोले खानलाउन पाउ भनी प्रहरीमा उजुरी हालिन तर हालसम्म आपूmले न्याय पाएन ।
उजुरी हालेपछि पतिले झन कुटपिट गर्न थालेपछि आपूm बाध्य भएर माइत मा बस्दै आएकी बताइन । सिमा र सम्पतिया मात्र होइन जिल्लामा ४२ जना महिला हिंसा बाट पीडित भएको हो । महिला हिंसाका घटना बृरिुभएपछि  महिला हिंसासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन नहँुदा महिलामाथि हुने हिंसामा खासै कमी आउन नसकेको महोतरीमा सक्रिय महिला अधिकारकर्मीहरुले बताएका छन् ।

महिला अधिकारकर्मी रंजिता झाले लैरु्गिक हिंसाविरुद्ध सरकारले ऐन, कानुन, नीति र कार्ययोजना मात्र बनाउनेभन्दा पनि कार्यान्वयनको पाटोलाई विशेष चासो दिनुपर्ने आवश्यकता रहेको भन्नु भयो ।
महिलामाथि हुने कुनै पनि हिंसा महिला मात्रको नभई सिरु्गो समाजमाथिको हिंसा भएको बताउँदै उनले महिलाको पुरुषप्रतिको विश्वास र निर्भरताका कारणले गर्दा पनि उनीहरुमाथि हिंसाजन्य घटनाहरु हुने भएकाले यसतर्फ महिला स्वयम् सचेत हुनुपर्ने बताईन ।
महिला अधिकारकर्मी रेखा झाले महिलाको पक्षमा आवाज उठाउदा डर, त्रास देखाउने, राजनीतिक दलहरुले पीडकलाई संरक्षण दिने र प्रहरी प्रशासनले उजुरी दर्ता गर्न नमान्नेजस्ता समस्या रहेको बताईन ।
महोतरीका प्रमुख जिल्ला अधिकारी राम प्रसाद थपालियाले महिला, पुरुष सबैको समन्वय र सहयोगबाट मात्रै नयँ संविधानमा महिलाको अधिकार सुनिश्चित हुने विचार व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासरु्घका जिल्ला सभापति हरि प्रसाद मण्डलले महिला हिंसा र विभेदको अन्त्यका लागि सचेतना कार्यक्रमलाई ग्रामीण तहसम्म अभियानका रुपमा लग्नुपर्ने बताउनुभयो ।
महोतरीका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले मुलुकमा दिगो शान्ति स्थापनाका लागि समाजबाट महिला हिंसा र विभेदलाई अन्त्य गर्नुपर्ने र यसका लागि सम्बन्धित निकायहरुबीच समन्वयात्मक सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
 अधिकारकर्मी श्याम सुन्दर प्रसाद साहले महिलामाथि हुने हिंसाको अन्त्यका लागि सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा लानुपर्ने आवश्यकता रहेको बताए ।
चालु आवको साउन महिना देखि पुस मसान्त सम्ममा ४२ जना महिना हिंसा बाट पीडित भएको जिल्ला प्रहरी कार्यालय महोत्तरी महिला सेलले जनाएको छ । हिंसाबाट पीडित महिलाहरु ले सवै भन्दा बढी आफना पति बाट हिसिंत भएको देखाइएको छ । महिला सेलका अनुसार महिला हिंसा बाट पीडित ३१ जनाले आफना पति विरुद्ध उजुरी हालेका छन भने ५ जना देवर विरुद्ध र आठ जनाले सासु ससुरा विरुद्ध उजुरी हालेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.