दैनिक १२ घण्टा पुग्यो लोडसेडिङ (तालिकासहित)

दैनिक ९ घण्टा लोडसेडिङको मार खेप्दै आएका नेपालीहरुले थप मार खेप्नुपर्ने भएको छ ।
load-shedding-nepalनेपाल विद्युत प्राधिकरणले आइतबारदेखि दैनिक ३ घण्टा थपेर १२ घण्टाको दरले लोडसेडिङ गर्ने जनाएको छ । अब सातामा ८० घण्टा लोडसेडिङ हुनेछ ।
प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार सातामा ३ दिन १२ घण्टा र ४ दिन ११ घण्टाको दरले लोडसेडिङ हुनेछ । केही समय अगाडी उर्जामन्त्री उमकान्त झाले यस वर्ष दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ नहुने बताउनुभएको थियो ।
तर, हिउँदको मध्यतिर लोडसेडिङको समयावधी दैनिक १२ घण्टा पुगेपछि यस वर्ष पनि १५/१६ घण्टासम्म लोडसेडिङको मार खेप्नुपर्ने संकेत देखिएको छ ।
Load-shading-table

0 comments

Write Down Your Responses

Powered by Blogger.