उपेन्द्र महतोको भाइ फोरम नेपालबाट सभासद

मधेसी जनअधिकार फोरम नेपालले एनआरएनका संस्थाकप अध्यक्ष उपेन्द्र महतोको भाइ वीरेन्द्र महतोलाई सभासद बनाएको छ ।
लामो विवादपछि फोरमले बिहीबार निर्वाचन आयोगमा पार्टीले समानुपातिकतर्फ पाएको ८ सभासदको नाम बुझाएको हो । फोरमले महतोसँगै पैसावाल श्रवणकुमार अग्रवाल, उपाध्यक्ष मोहम्मद लालबाबु, जन्नतुन निशा, शिवजी यादव, छाँया शर्मा, उषा यादव र लक्ष्मीकुमारी चौधरीको नाम सिफारिस गरेको हो ।
पार्टीले मापदण्ड मिचेको भन्दै महासचिव रामसहाय यादवले भने बैठक बहिस्कार गर्नु भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.