पदयात्रा र अवलोकनको गन्तव्य बन्दै चोभार

कीर्तिपुर नगरपालिका-१४ स्थित चोभार क्षेत्र पदयात्रा एवम् अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ ।
chovar-georgeपर्यटकीय रुपमा अवलोकनका साथै चोभारको आदिनाथ डाँडासम्म पदयात्राका लागि दैनिक सयौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् । विशेषगरी सार्वजनिक बिदाका दिनहरुमा काठमाडौँ, ललितपुर र भक्तपुरका साथै विदेशी पर्यटकहरु प्नि चोभार क्षेत्रको भ्रमणमा आउन थालेको स्थानीयवासी दीपेश महर्जनले बताउनुभयो ।
पछिल्लो समयमा जलविनायक सामुदायिक वन उपभोक्ता समूहको पहलमा चोभार क्षेत्रमा रहेको एसियाकै दोस्रो लामो मञ्जुश्री गुफासहित यस क्षेत्रमा वनभोजस्थल लगायतका पूर्वाधारहरु व्यवस्थित गरेसँगै यहाँ पर्यटकहरुको आकर्षण बढिरहेको स्थानीयवासी बताउँछन् ।
चोभारको जलविनायक मन्दिरदेखि आदिनाथ मन्दिरसम्म पर्यटकहरु छोटो दूरीको पदयात्राका लागि पुग्ने गरेका छन् । काठमाडौँ उपत्यका उत्पत्तिसँग प्रत्यक्ष जोडिएको चोभार इतिहासको अध्ययन गर्ने अध्येताका साथै विभिन्न शैक्षिक संस्थाका विद्यार्थीका लागि महत्वपूर्ण अध्ययनको स्थल बनेको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.