आधा शुल्क घटाउँदा पनि डाक्टरी पढ्न आएनन् विद्यार्थी


दन्त चिकित्सा (बीडीएस) कलेज धेरै र विद्यार्थी संख्या न्यून भएपछि राजधानीमा सञ्चालित ११ कलेजले आधा शुल्क घटाएका छन् । २६ लाख रुपैयाँसम्म शुल्क तिरेर ५ वर्षे कोर्स पढाइरहेका कलेजले अहिले १० लाखसम्ममा विद्यार्थी लिने गरेका छन् । आधाभन्दा धेरै शुल्क कटौती गर्दा पनि अझै विद्यार्थी अभाव छ । doctorबीडीएसमात्र अध्यापन गराउने कान्तिपुर, पिपुल्स र केडिया डेन्टल कलेजले १५ देखि २२ लाख रुपैयाँसम्म लिने गरेको बताउँछन् । साख जोगाउन उनीहरुले २२ लाख भने पनि भित्री रुपमा १० लाखमै भर्ना लिने गरेका छन् । कान्तिपुरका सञ्चालक डा. बुद्धि श्रेष्ठले यो वर्षका लागि २२ लाख रुपैयाँ शुल्क कायम गरिएको दाबी गरे । ‘अरुले शुल्क घटाए पनि हामीले घटाएर भर्ना लिएका छैनौं,’ उनले भने । कान्तिपुरका ६० विद्यार्थी क्षमता छ । चिकित्सा विज्ञान (एमबीबीएस) अध्यापन गराउने थप ८ लेजमा विद्यार्थी अभाव चर्किएको हो । बीडीएसमात्रै पढाउने ३ मध्ये पिपुल्स र केडिया त्रिभुवन विश्वविद्यालय तथा कान्तिपुर काठमाडौं विश्वविद्यालयको सम्बन्धमा सञ्चालित छन् । एमबीबीएसका ८ कलेजसहित ११ मा ५ सयभन्दा बढी बाषिर्क विद्यार्थी क्षमता रहे पनि करिब ३ सयले मात्रै बीडीएस पढ्ने गरेको कारोबार दैनिकमा खबर छ। काठमाडौं विश्वविद्यालयअन्तर्गत ६ कलेजले बीडीएस अध्यापन गराउँदै आएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.