दन्त चिकित्सा (बीडीएस) कलेज धेरै र विद्यार्थी संख्या न्यून भएपछि राजधानीमा सञ्चालित ११ कलेजले आधा शुल्क घटाएका छन् । २६ लाख रुपैयाँसम्म शुल्क तिरेर ५ वर्षे कोर्स पढाइरहेका कलेजले अहिले १० लाखसम्ममा विद्यार्थी लिने गरेका छन् । आधाभन्दा धेरै शुल्क कटौती गर्दा पनि अझै विद्यार्थी अभाव छ । doctorबीडीएसमात्र अध्यापन गराउने कान्तिपुर, पिपुल्स र केडिया डेन्टल कलेजले १५ देखि २२ लाख रुपैयाँसम्म लिने गरेको बताउँछन् । साख जोगाउन उनीहरुले २२ लाख भने पनि भित्री रुपमा १० लाखमै भर्ना लिने गरेका छन् । कान्तिपुरका सञ्चालक डा. बुद्धि श्रेष्ठले यो वर्षका लागि २२ लाख रुपैयाँ शुल्क कायम गरिएको दाबी गरे । ‘अरुले शुल्क घटाए पनि हामीले घटाएर भर्ना लिएका छैनौं,’ उनले भने । कान्तिपुरका ६० विद्यार्थी क्षमता छ । चिकित्सा विज्ञान (एमबीबीएस) अध्यापन गराउने थप ८ लेजमा विद्यार्थी अभाव चर्किएको हो । बीडीएसमात्रै पढाउने ३ मध्ये पिपुल्स र केडिया त्रिभुवन विश्वविद्यालय तथा कान्तिपुर काठमाडौं विश्वविद्यालयको सम्बन्धमा सञ्चालित छन् । एमबीबीएसका ८ कलेजसहित ११ मा ५ सयभन्दा बढी बाषिर्क विद्यार्थी क्षमता रहे पनि करिब ३ सयले मात्रै बीडीएस पढ्ने गरेको कारोबार दैनिकमा खबर छ। काठमाडौं विश्वविद्यालयअन्तर्गत ६ कलेजले बीडीएस अध्यापन गराउँदै आएका छन् ।
धेरजसो जिल्ला सडक यातायातको सञ्जालमा जोडिएपछि आन्तरिक वायुसेवामार्फत हुने कार्गो ढुवानी घट्न थालेको छ । कार्गो घटेपछि वायुसेवा कम्पनीहरु यात्रुतर्फ केन्दि्रत भएका छन् । कतिपयले कार्गो ओसार्ने सिंगल इन्जिन जहाजलाई नै मर्मत गरी सिट राख्न थालेका छन् भने कतिपय नयाँ जहाजको जोहोमा जुटेका छन् । lukla७५ जिल्लामध्ये हुम्ला र डोल्पामात्र सडक यातायातले जोडिन बाँकी छन् । वायुसेवा कम्पनीहरुले ती जिल्लामा मात्रै बाह्रै महिना बन्दोबस्ती/निर्माण सामग्री तथा खाद्यान्न, लत्ताकपडा ढुवानी गर्दै आएका छन् । अन्य क्षेत्रमा बाढी, पहिरोलगायत आपतविपत्मा मात्र ढुवानी गर्छन् । सिंगल इन्जिन जहाजमार्फत कार्गो ढुवानी गर्दै आएको गोमा एयरले ‘प्यासेन्जर बेस’का जहाज किन्ने अन्तिम तयारी गरिरहेको कारोबार दैनिकमा खबर छ । ‘कार्गो ढुवानी गर्ने विमानलाई अब बाढी-पहिरो कुर्नुपर्ने अवस्था आएको छ,’ कम्पनीका प्रबन्ध निर्देशक मनोज कार्कीले भने, ‘त्यसैले यात्रु ओसार्ने जहाज ल्याँदैछौं ।’ गोमाले १९ सित क्षमताका २ यात्रुबाहक जहाज खरिद गर्न लागेको छ । ‘धेरैजसो जिल्ला सडक यातायताले जोडिएपछि कार्गो ढुवानी घट्दै गएको छ,’ वायुसेवा सञ्चालन संघ -आयोन) का प्रवक्ता घनश्याम आचार्यले भने ।
0 comments
Write Down Your Responses