सामूदायिक विद्यालयले संचारकर्मीलाई सूचना नदिने
टुडे समाचारदाता
जनकपुरधाम, १२ जेठ ।
धनुषाको नक्टाझिज श्रोत केन्द्र अन्तर्गत पर्ने ३५ वटा सामूदायिक
विद्यालयले संचारकर्मी तथा सूचना अभियन्ताहरुलाई विद्यालयको आर्थिक हरहिसाब
पारदर्शिताको सम्बन्धमा सूचना नदिने भएको छ । सहायक जिल्ला शिक्षा अधिकारी
मिहिलाल यादवको अध्यक्षता बसेको प्रधानाध्यापकहरुको बैठकले संचारकर्मी तथा
सूचना अभियन्ताहरुलाई सूचना नदिने निर्णय भएको स्रोतले जनाएको छ ।
नागरिकले निर्वाद रुपमा हरेक सरकारी तथा गैर सरकारी निकायबाट सूचना पाउने
प्रावधान छ ।
स्रोतका अनुसार विद्यालयबाट सूचना प्राप्त गर्न जिल्ला शिक्षा
कार्यालयबाट अनुमति पत्र लिएर आएमा मात्र सूचना उपलब्ध गराउने निर्णय समेत
गरेको छ । उक्त बैठकको निर्णयबारे नेपाल पत्रकार महासंघलाई समेत जानकारी
गराई सोही अनुरुप कार्य गर्न गराउन आग्रह गरिएको बताइएको छ । सामूदायिक
विद्यालयहरुमा भैरहेको आर्थिक अनियमितता लगायतका विषयमा संचारकर्मीको
माध्यमबाट समय समयमा भण्डाफोर हुने गरेकाले विद्यालयका प्रधानाध्यापकहरुले
सही सूचना दिन आनाकानी गर्ने गरेको छ ।
यता जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले निर्णयबारे आफुलाई केहि
जानकारी नभएको बताए । उनले सूचना पाउनु आम नागरिकको अधिकार भएको बताउदै
उक्त निर्णय भ्रष्ट प्रअहरुले गरेको हुन सक्ने उल्लेख गरे ।
0 comments
Write Down Your Responses