गंगासागर सफाई अभियानमा विद्यार्थीहरु

टुडे समाचारदाता
जनकपुरधाम, ११ जेठ ।
हरेक हप्ता गरिदै आएको गंगासागर सरसफाइ अभियानले शनिवार पनि निरन्तरता
पाएको छ । जनकपुरधामको पवित्र सरोवर गंगासागर सरसफाई अभियानमा स्थानिय,
विद्यार्थी, सरकारी कार्मचारी, कलाकार, पत्रकार लगायतको सहभागिता थियो ।
गंगासागरलाई सफा र सुन्दर बनाउने उद्देश्कासाथ सुरु भएको सरसफाइ अभियानले
१२ हप्ता पुरा गरेको छ ।
उक्त समय अवधिमा गंगासागरबाट ५५ ट्रयाक्टर भन्दा बढी फोहर बढी फोहोर
निकालिएको छ । गंगासागरको छेउमा विभिन्न प्रजातिको विरुवा समेत लगाइएको छ ।
यसैबीच शनिवारको सरसफाई अभियानमा जनकपुरका हिमाली बोडिङ स्कुलका
विद्यार्थीहरुले समेत सहभागिता जनाएका थिए । विद्यालयका प्रिन्सिपल रमेश
कुमार साहको नेतृत्वमा करिव ५० जना विद्यार्थी तथा शिक्षकहरु सहभागी भई
गंगा सागरको सफाई गरेका थिए । विद्यालयका प्रिन्सिपल साहले गंगा सागर
धरोहरको रुपमा रहेकाले सफाई नियमित सफाई गर्नुपर्ने आवश्यकता औल्याए । सफाई
कार्यक्रममा हिमाली बोर्डिंग स्कूलका शिक्षकहरु सुरेन्द्र साह, विनोद साह,
पशुपति यादव र फाउण्डर दिपेन्द्र साह लगायतको समेत सहभागिता थियो ।
सफाई अभियानमा हिमाली बोर्डिंग स्कूलका साथै जानकी बोर्डिङ स्कूल, मदर
टेरेसा बोर्डिङ स्कूलका शिक्षक तथा विद्यार्थीहरुको समेत सहभागिता थियो ।
सेभ हिस्टोरिकल नाम दिइएको सफाई अभियानले सोचेभन्दा बढी सफलता पाएको
अभियानकर्ताहरुको दाबी छ । नेपाल पत्रकार महासंघका सभापति रामअशिष यादवको
विशेष नेतृत्वमा अभियान चलिरहेको छ । अभियानमा अंचल प्रहरी कार्यालयका
वरिष्ठ प्रहरी उपरिक्षक शिव लामिछाने, मानव अधिकारकर्मी बिजय दत्त,
अधिवक्ता राजकुमार महासेठ, युवा नेता सरोज मिश्र, पत्रकारहरु ध्रुव कुमार
झा, जीेतेन्द्र प्रसाद सिंह लगायतको सक्रिय सहभागिता रहने गरेको छ ।
गंगासागर सफाईमा जुटेका अभियानीहरु सरोवरहरुको सरसफाईबारे जनचेतना
फैलाउने कार्यलाई समेत निरन्तरता दिएका छन । अभियानीहरु विभिन्न सरकारी तथा
निजि विद्यालयहरुमा पुगी गंगासागर लगायतका सरोबरमा फोहर वस्तु फाल्नाले
हुने असरबारे जनाकारी गराउने गरेका छन । गंगासागरमा गंगामाताको बास हुने
भएकाले घरायसी फोहर पदार्थ फयाक्दा पापको भागेदारी बन्ने सरसफाई अभियानका
अगुवा रामअशिष यादवको भनाई छ ।
0 comments
Write Down Your Responses