उपनिर्वाचनमा भोट हाल्ने मतदाता अढाई लाख

निर्वाचन आयोगले असार ८ गते हुने संविधानसभा उपनिर्वाचनमा दुई लाख ५१ हजार ३ सय ४ मतदाताका लागि १ सय ३७ मतदानस्थल र ३ सय २४ मतदान केन्द्र तोकेको छ ।
आयोगले उपनिर्वाचन हुने क्षेत्र काठमाडौं २, चितवन ४, बर्दिया १ र कञ्चनपुर ६ मा कुल दुई लाख ५१ हजार ३ सय ४ मतदाता रहेको जानकारी दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीका अनुसार उपनिर्वाचनमा मतदाताहरु मतदानकेन्द्र र मतदानस्थलमा पुगेर विद्युतीय मतदान गर्न पाउनेछन् । उपनिर्वाचनका लागि आयोगले यी क्षेत्रका मतदाता नामावली संकलन तथा अद्यावधिक, मतदाता नामावली छपाइ, निर्वाचन अधिकृत नियुक्त, अधिकृतको कार्यालय स्थापना, आचारसंहिता कायान्वयन र अनुगमनजस्ता निर्वाचनसँग सम्बन्धित काम गरिरहेको उनले जानकारी दिए ।
उपनिर्वाचनमा उम्मेद्वार मनोनयन गर्न आयोगले आइतबारको समय तोकेको छ । प्रमुख निर्वाचन आयुक्त उप्रतीले निर्वाचनको तयारीका लागि आयोग जोडतोड्का साथ जुटेको बताएक छन् ।
0 comments
Write Down Your Responses