उद्योग परिसंघले भन्यो- पर्यटन बोर्डको छवी जोगाउ
१५ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघले
पर्यटन बोर्डको छवी जोगाउन सरोकारवाला पक्षहरुको पक्षको ध्यानाकर्षण गरेको
छ । परिसंघले प्रेश विज्ञप्ती जारी गर्दै तत्काल विवाद सल्टाउन आग्रह
गरेको हो ।
‘पर्यटन बोर्डमा आर्थिक कारोवार पारदर्शि
नभएको भन्ने विषयमा उत्पन्न विवादको सम्बन्धमा परिसंघको गम्भिर ध्यानाकर्षण
भएको छ’ विज्ञप्तीमा भनिाएको छ ।
मुलुकमा पर्यटन प्रवर्द्धन गर्ने मूख्य
उद्देश्यबाट स्वायत्त निकायको रुपमा स्थापित पर्यटन बोर्डमा केही हप्तादेखि
जारी विवादले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश नजाने र बोर्डको
छविमा समेत प्रतिकूल असर पर्ने भन्दै परिसंघले पर्यटन व्यवसायी र सरकार
दुबैलाई गम्भीर बन्न आग्रह गरेको छ । परिसंघले समस्याको समाधान सम्बादको
माध्यमबाट तत्काल हुनुपर्ने बताएको छ ।
0 comments
Write Down Your Responses