बर्षमा संविधान दिने प्रतिवद्धता सहित १ बर्षमा संविधान नबने जनमत संघ्रह गर्ने एमाले नेता रावलको भनाई

अछाम/नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व र्गहमन्त्री भिम रावलले १  बर्ष भित्र संविधान बनाई सक्ने आफ्नो पार्टीको योजना रहेको बताउँनुभएको छ । संविधान सभा सदस्य निर्वाचन २०७० मा अछाम क्षेत्र नं. १ बाट विजयी बन्नुभएका एमाले उम्मेद्धार रावलले आज सदरमुकाम मंगलसेनमा भएको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथीको आसनबाट बोल्दै यस्तो बताएको हुन ।
अछाम निर्वाचन क्षेत्र नं. १ र २ का विजयी दुवै जना उम्मेद्धारलाई शुभकामना तथा बधाई दिन एमालेको शुभेचछुक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला शाखा अछामले आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै रावलले १ बर्षमा संविधान निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्ने आफ्नो पार्टीको योजना रहेको र अन्य दलहरुको चाहानामा त्यसो हुन नसकेमा जनमत संघ्र गरेर भए पनि संघियता तथा मुलुकको शासकिय स्वरुप लगायतका बिषयमा देखीएका विबादको टुंगो लागाईने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
संघिय प्रणालीमा जाँदा कति ओटा प्रदेश बनाउने भन्ने बिषयमा नेपाली कंग्रेसले पनि आफ्नो घोषणापत्रमा स्पष्ट पार्न नसकेको बताउँदै रावलले उसले द्धयद चरीत्र निर्वाह गर्न खोजेको आरोप लगाउनुभयो । नेपाली कंग्रेस, एमाओबादी, मधेशबादी दलहरु र अन्य जातिय क्षेत्रिय दलहरुले जातिय राज्य बनाउने कुचेष्टा गरे नेकपा एमालेले त्यसको प्रतिवाद गर्ने बताउँदै रावलले अव बन्ने संविधानमा आफ्नै पार्टीको आवधारणामा रहेको ७ प्रदेशको खाका पारीद हुने दावी गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला शाखा अछामका अध्यक्ष नरबहादुर रावलले गर्नुभएको थियो । प्रमुख अतिथी भिमरावल रहनु भएको कार्यक्रमका बिशिष्ट अतिथी क्षेत्र नं. २ बाट विजयी उम्मेद्धार भरत साँद रहनुभएको थियो । जिल्ला उपाध्यष लोकराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन जिल्ला सचिव युवराज शर्माले गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.