आमिर सचिन ताक्दै, ‘वितेका पल’ यूनिट नेपाली क्रिकेटसँग जोडिदै ?(भिडियो)
बलिउडमा नायक आमिर खानले सचिन तेन्दुलकरको करिअरकै अन्तिम खेललाई मज्जैले चलचित्र प्रचारमा प्रयोग गरे । उनको प्रदर्शनको लागि तयार भएको ‘धुम ३’ नामक चलचित्रको हरेक क्रियाकलापलाई सचिनको बिदाइसँग जोडियो ।
सचिनलाई समर्पित गर्दै ‘धुम ३’ यूनिटले एक प्रमोशनल गीत बनाउने बताएको पनि छ । नायक आमिर खान सचिनको अन्तिम अन्तरराष्ट्रिय खेल हेर्न ३ दिनसम्म लगातार मुम्बइको वानखडे स्टेडियम पुगे ।
सायद यस्तै सिको नेपाली निर्माताले पनि गरेको हुनसक्छ । नेपाली क्रिकेट टोलीले टि ट्वान्टी विश्वकपमा आफूलाई प्रवेश गराएसँगै हरेक नेपाली यतिबेला खुशी छन् । नेपालीहरुको भावनालाई क्यास गर्दै चलचित्र ‘वितेका पल’ यूनिटले नयाँ प्रोमो सार्वजनिक गरेको छ । विश्वकपमा पुग्न सफल नेपाली क्रिकेट टिमलाई समर्पीत गर्दै ‘वितेका पल’ यूनिटले नयाँ प्रोमो सार्वजनिक गरेको बताएको छ ।
सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो चलचित्रमा केकी अधिकारी, बाबु बोगटी, नव कलाकार अबिनाश गुरुङको मुख्य भूमिका छ । चलचित्रलाई राजेश घतानी र क्रिस रिजालले निर्देशन गरेका हुन् ।
चलचित्रको नयाँ प्रोमोमा नायिका केकी अधिकारीको प्रेमलाई बियोगान्त अवस्थामा देखाइएको छ । केही दिन अघि मात्र सार्वजनिक भएको प्रोमोले खासै चर्चा नबुटलेपछि निर्माण यूनिटले नेपाली क्रिकेट टिमलाई समर्पित गर्दै नयाँ प्रोमो सार्वजनिक गरेको बताएको छ ।


0 comments
Write Down Your Responses