हाम्रो टिम मैदानमा कार्यक्रम जनकपुरमा

धनुषामा युवा र प्रहरीबीच आपसी सम्बन्ध, सम्झदारी र सहकार्य सुदृढ गर्ने उद्देश्यका साथ जनकपुरमा विहिवार देखि हाम्रो टिम मैदानमा कार्यक्रम हुने भएको छ । धनुषा जिल्ला फूटबल संघको आयोजना र सर्च फर कमन ग्राउण्डको सहकार्यमा हुन लागेको कार्यक्रममा १ सय जना युवा र ३५ जना प्रहरीको सहभागिता रहने छ ।

कार्यक्रम सम्बन्धी जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा धनुषा जिल्ला फूटबल संघका अध्यक्ष दिपक खातीले विहिवार विहान ९ बजेदेखि जचुकालीको खेल मैदानमा सुरु हुने कार्यक्रम शुक्रवार र शनिवार पनि चल्ने बताए ।  हाम्रो टिम मैदानमा नाम दिइएको कार्यक्रममा राजनितिक दलका भातृ संगठनबाट ४४ जना, विभिन्न क्लवबाट २० जना, युवा तथा व्यापारीको तर्फबाट ५ जना, जातिय संगठनको तर्फबाट १५ जना,विद्यार्थीबाट १० जना, खेलाडी १० जना, सिमान्तकृत वर्गबाट १० जना, नागरिक समाजबाट ५ जना जनाको सहभागिता रहने छ । उनले सबै समूहबाट महिला पुरुष मिलाएर कम्तिमा १ सय जनाको सहभागिता खातीले बताए ।
पत्रकार सम्मेलनमा सर्च फर कमन ग्राउन्डका आलोक ठाकुरले कार्यक्रम मार्फत राजनितिक दलका युवा तथा भातृ संगठन, युवा संघसंगठन, नागरिक समाज लगायतका युवा प्रतिनिधि तथा क्याम्पसमा विद्यार्थीहरुले प्रहरीसंग हातेमालो गर्ने अवसर पाउनेमा विश्वास व्यक्त गरे । तिनदिन सम्म संचालन हुने कार्यक्रममा प्रहरी र युवाबीच अनुभव सिकाइका विभिन्न कार्यशाला, अन्तरक्रियाहरु, मैत्रीपुर्ण फूटबल खेल तथा सांस्कृतिक कार्यक्रम हुने समेत जनाए । नकाउटको आधारमा खेलाइने मैत्रीपुर्ण फूटबल खेलको फाइनल खेल भने शनिवार हुने जनाउदै ठाकुरले फाइनल खेल पश्चात युवा र प्रहरीले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम गर्ने तय भएको समेत बताए ।
उद्योग वाणिज्य संघको सभाकक्षमा शनिवार दिउंसो ३ बजेदेखि सांस्कृतिक कार्यक्रम गर्ने तय भएको बताउदै ठाकुरले सो अवसरमा शान्ति निर्माणमा युवाहरुको भुमिका विषयमा आधारित भएर निर्माण गरिएको चलचित्र ‘संगोर’को अन्तराष्ट्रिय प्रिमियमको प्रथम प्रदर्शन गरिने समेत बताए । यस अघि गत वर्ष पनि जनकपुर लगायत बिराटनगर र बिरगंजमा विद्यालय तहका विद्यार्थी र प्रहरीबीच आपसी सम्बन्ध, समझदारी र सहकार्य सुदृढ गर्ने उद्देश्यले गरिएको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको थियो ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.