प्रवासी मञ्च बेलायतको अधिवेशन जनवारी ५ मा

प्रवासी नेपााली मन्च बेलायत अहिले तेस्रो अधिवेशनको तयारीमा जुटेको छ । जनवरी ५ तारिखमा लण्डनमा हुने अधिवेशनले आगामी तीन वर्षका लागि मञ्चको नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनमा सहभागी हुन एमाले नेता भीम रावल बेलायत आउँदैहुनुहुन्छ । मञ्चका नेता रामशरण सिंखडाले अध्यक्ष झलनाथ खनाललाई पनि ल्याउने तयारी भइरहेको बताएका छन् । सरकार निर्माण र संविधानसभा गठनको व्यस्तताले खनाल आउने सम्भावना भने कम छ । प्रवासी मञ्च प्रवासस्थित नेकपा एमालेको भातृ संगठन हो ।
Prabasi manch belayatगत फेब्रुअरीमै सम्पन्न हुनुपर्ने अधिवेशन पार्टीको आन्तरिक र संविधानसभा निर्वाचनका कारण स्थगित हुंदै आएको थियो । मन्चको २७ सदस्यीय नयाँ कार्यसमिति चयन हुने अधिवेशनबाट जनवरी १२ मा हुने युरोप क्षेत्रीय अधिवेशन र पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्का लागि पनि एकएक सदस्य छनौट गरिनेछ ।
बेलायातमा सक्रिय विभिन्न दलआबद्ध संगठनहरुमध्ये पुरानो मञ्चको नेतृत्वका लागि अहिलेसम्म एनआरएन युकेका पूर्व महासचिव रामशरण सिंखडा र मञ्चका वर्तमान उपाध्यक्ष सुरेन्द्र थपलियाको नाम चर्चामा छ । एनआरएनको महासचिव भएर सिंखडाले खेलेको भूमिकाका कारण पनि मञ्चका कार्यकर्ताहरुले उनलाई नेतृत्वमा हेर्न चाहेका छन् ।
उपाध्यक्ष थपलिया पनि आफ्नो दाबीमा अडिग रहेकाले निर्वाचनबाटै नेतृत्वको टुंगो लगाउनुपर्ने अवस्था छ । मञ्चका अध्यक्ष दिनेश घिमिरेले सहमति हुन नसकेमात्रै निर्वाचनको विकल्प प्रयोग गरिने बताए ।
सन् ००४ मा गठन भएको मञ्चमा बेलायतमा बसोबास गर्ने करिब ५ सय सदस्य छन । धेरैले समयमै सदस्यता नविकरण नगरेका कारण यो अधिवेशनमा करिब २ सय सदस्यमात्रै सहभागी हुने अध्यक्ष घिमिरेले जानकारी दिए ।
बेलायतस्थित प्रवासी मञ्चको अधिवेशनलाई एमालेको केन्द्र र नेताहरुले पनि चासोका साथ नियालीरहेका छन् । प्रवासमा रहेर पार्टीको संगठन विस्तार र विकासमा मात्र नभइै मञ्चले पार्टीमा वैचारिक र रणनीतिक योगदानसमेत पुर्याउंदै आएको छ । त्यस्तै विभिन्न समयमा पार्टीमा देखिएका मतभेद हटाउन बेलायतस्थित मञ्चले सार्थक पहल गर्दै आएकाले पनि मञ्चलाई बल्खुले महत्वका साथ हेर्ने गरेको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.