रूपन्देहीमा पर्यटनको प्रचुर सम्भावना
रूपन्देही, ५ पुस । रूपन्देही जिल्लामा हुने व्यापार मेला तथा प्रदर्शनीहरूले यस क्षेत्रको आर्थिक सम्वृद्धि संगै यहांको पर्यटन प्रबद्र्धन, र भेषभुषा तथा लोकसंस्कृती जगेर्नामासमेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाहरूले बताएका छन् । उनीहरूले ती क्षेत्रहरूलाई जोडेर मेला महोत्सव तथा प्रदर्शनी गर्न मेलाआयोजक संघसंस्थाहरूलाई सुझाव दिएका छन् । आर्थिक विकासको प्रमुख आधारपर्यटन भएको र रूपन्देहीमा पर्यटनको प्रचुर सम्भावना समेत रहेकोले पनि मेलामहोत्सवमा पर्यटनलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा उनिहरूको जोड थियो ।यसका साथै रूपन्देही जिल्ला कृषिको व्यवसायीकीकरण तर्फ उन्मुख भएकोेलेकृषिलाई पनि प्राथमिकतामा राखेर मेला तथा महोत्सव आयोजना गर्न सकेदर्शकहरूको अझ आकर्षण बढ्न सक्ने औंल्याए । बुटवलमा आयोजना हुन हुनलागेको औद्योगिक व्यापार तथा कृषि मेलाको सन्दर्भमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागि उद्योगीव्यवसायीहरूले मन्द अवस्थामा रहेको यहांको व्यापार व्यवसायलाई चलायमान बनाउनजति मेला महोत्सवले भूमिका निर्वाह गरेको छ त्यती नै पर्यटन प्रवद्र्धन तथाभेषभुषा र लोकसंस्कृती जगेर्नामा समेत टेवा पु¥याएको दावी गरे । कार्यक्रममा बोल्दै आर्थिक विश्लेषक डा. आर सी आचार्यले मेला तथा प्रदर्शनीआयोजना गर्दा दर्शकहरूको भावनालाई समेट्न र उनिहरूको चाहना अनुरूपकाकार्यक्रमहरू समावेश गर्न आग्रह गरेका छन । उनले मेला महोत्सवको नाममावर्षेनी ठूलो धनराशी बाहिरीने तर्फ संकेत गर्दै मनोरञ्जनको नाममा जानेत्यस्तो लगानीको विकल्प खोज्नुुपर्ने बताए । नेपाल उद्योग परिसंघकाकेन्द्रिय सदस्य एजाज आलमले मेलाहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनआग्रह गर्दै साना उद्योगहरूको प्रोत्साहन र प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याउनआग्रह गरे। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले यसपटकको मेलाले बुटवललाई फरक पहिचानका साथ परिचीत गराउने र बुटवलकोपुरानो ईतिहांसलाई झल्काउने प्रयत्न गरिने बताए ।


0 comments
Write Down Your Responses