पर्यटकीय विकासबाट ढाटिएको बारा


संजय तिवारी, बारा, ४ पुस । पर्यटकीय गणतव्यको रुपमा परिचत हुने अपार सम्भावना रहे तापनि राजनीतिक षड्यन्त्रपूर्वक विकासबाट पछाडि पारिएको मध्यमधेशको बारा जिल्ला उद्धारको पर्खाइबाट अघि बढिरहेको छ । दर्जनौं पर्यटकीय स्थल रहेको बारा जिल्लामा सरकारको विभेदपूर्ण विकासे योजनाले बारा जिल्लाका ती पर्यटकीय स्थल र सांस्कृतिक स्थलहरुलाई विश्वसामु चिनाउन कुनै पनि किसिमको प्रयासको थालनी हालसम्म नभएकोले बारा जिल्लाका जनता नेपाल सरकारसंग सोको कारण खोज्न अघि बढ्ने अवस्था आइपुगेको छ । नेपाल राष्ट्रको स्थापना पूर्व नै अलगै राज्यको रुपमा स्थापित बाराको सिम्रौणगढस्थित कंकाली माई मन्दिर र त्यहाँ अवस्थित दरबार ५२ बिघाको पोखरी, ढुङ्गे बाकस, तेतरीयामा रहेको बारा गढि मन्दिर, बिश्वमै सर्वाधिक बली चढाईने बरियारपुर स्थितगढिमाई मन्दिर, कलैयास्थित बरेवा दरबार, ऐतिहासिक सिद्धेश्वर विद्यालय र सिद्धेश्वर परिसर, पर्यटकीय राम मन्दिर, काटघाटस्थित सहजनाथ धाम, हलखोरीया दह, बन्य जन्तु आरक्ष, चारकोशे झाडिहरु लगायतका स्थलहरुको उचित मुल्याङ्कन नगरी तिनीहरुको व्यवस्थित विकास बिना बारा जिल्लामा पर्यटनका सम्भावनाहरु ओझेलमा परिरहेका छन् । नेपाल सरकार पर्यटन मन्त्रालयले सिम्रौणगढ पर्यटकीय विकास समिति गठन गरेको छ तर गठित समितिलाई कुनै पनि जिम्मेवारी नदिइएकोले यस क्षेत्रको पर्यटनको विकास कहिले प्रारम्भ हुने भन्ने कुराको कुनै लेखाजोखा छैन ।  नेपाल सरकारले पहाडि र हिमाली जिल्लाहरुलाई मात्र पर्यटकीय दृष्टिकोणले प्राथमिकता दिएको तर तराई मधेशमा प्रचुर सम्भावना बोकेका स्थलहरुलाई प्राथमिकता नराख्नुले यस क्षेत्रका जनताहरुसँग बेइमानी भए सरह अनुभूति भइरहेको छ । त्यसैले सरकारले अतुल्य बारा जिल्लालाई विशेष ध्यान दिई यस जिल्लामा रहेको पर्यटकीय सम्भावना बोकेको ठाउँहरुलाई उजागर गर्नुपर्ने आवश्यता रहेको छ । 
 

0 comments

Write Down Your Responses

Powered by Blogger.