मलेसियामा आप्रवासी दिव भव्यरुपले मनाइयो (फोटोफिचर)
मलेसियामा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस भव्यताका साथ मनाइएको छ । दिवसको अवसरमा मलेसियामा रहेको मानव अधिकारवादी संस्था तानागानितामा भब्य कार्यक्रमका साथ आप्रवासी दिवस मनाइएको छ ।क्वालालम्पुरमा रहेको होटल पुत्रामा भएको कार्यक्रममा तानागानिता संस्थाका प्रमुख डा. आईरिन फर्नाडेजले श्रमिकहरुलाई परेको समस्याको वारेमा आफै वोल्नुपर्ने वताउनु भयो ।
उहाँले भन्नुभयो,’आफू पीडित वनेको कुरा आफै वोल्नु पर्छ । हामी अधिकारकर्मीहरु तपाईहरुको साथमा छौँ । कार्यक्रममा नेपाल, बंगलादेश, इण्डोनेसिया, भियतनाम, लगायतका मुलुका श्रमिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न देशका श्रमिकहरुले आ-आफूलाई परेका समस्याहरुको वारेमा प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न देशका श्रमिकहरुले मलेसियामा भागेका पीडा र यातनाहरुलाई डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालीहरुले स्वदेशी गित र नाचँहरु प्रस्तुत गरेका थिए ।


0 comments
Write Down Your Responses